Chinese Communist Party’s (CCP)
mouthpiece “Liaowang” (Outlook Weekly), revealed the
latest global vision of the Chinese President
and General Secretary of CCP Hu Jintao. As his predecessors Mao Zedong, Deng
Xiaoping, and Jiang Zemin, fourth generation leader Hu Jintao seems to try
making his own place in history.
Community theorists in Beijing
have described Hu Jintao’s five-theory foreign policy strategy as “Hu
Jintao’s Viewpoints About the Times”. The Viewpoints are five separate
theories, which unveil China to a new level of world power that lays down rules
for other powers to create a peaceful world with development at its core.
Hu's five theories are (i)
“Profound changes” in the world (ii) “Constructing a harmonious world”, (iii)
“Joint development” (iv) “Shared responsibilities”, and (v) “Enthusiastic
participation” in global affairs.
Hu Jintao’s first major
theoretical promulgation in 2004, “the rise of China”, had created concerns in Asia
and around the world and gave more grist for the mill of the “China threat”
theory.
Chinese profound foreign policy
strategies have been unveiled immediately after the US President Obama's visits
to China. The timing for revealing the strategy has been chosen meticulously,
when China was proposed by the US leader to have a role in 'resolving' South
Asian issues.
What does China intends in its
role in the global affairs? Does it have any implication in South Asian power
equation? What impacts will Nepal have when Beijing marches forward with its
new global strategy?
The following write up (in Nepali
language) analyzes the whole array of the issue and predicts possible scenarios
for Nepal and South Asia.
चीनको महत्वाकांक्षा, दक्षिण एशिया र नेपाल
दीपक गजुरेल
अन्तर्राष्ट्रिय शक्ति समीकरणमा चीनको हैसियत वढ्दैछ । आर्थिक तथा सैनिक प्रगतिसंगै चीनले राजनीतिक तथा कूटनीतिक शक्ति पनि बिस्तार गर्दैछ । एशियाको महाशक्तिको रुपमा स्थापित चीन अव विश्व शक्तिको रुपमा प्रभावशाली भूमिकाको खोजिमा लागेको छ ।
सन् २००४ मा 'द राइज अफ चाइना' को नारा चीनले दिएको थियो । चिनियाँ राष्ट्रपति तथा त्यहाँको कम्यूनिष्ट पार्टीका शक्तिशाली महासचिव हु जिन्ताओले 'चीन अघि वढ्दैछ' भन्ने नारा दिँदा विश्वभर एक प्रकारको आशंका उत्पन्न भएको थियो । एशिया लगायत विश्वका थुप्रै राजधानीहरुमा यो चिनियाँ नारालाई 'चीनको खतरा' को रुपमा व्याख्या गरिएको थियो ।
सैनिक तथा प्रविधिक क्षमतामा निकै शक्ति हासिल गरिसकेको चीनले विश्व शान्तिमा नै खलल् पुर्याउने हो कि भन्ने आशंका केही विश्लेषक तथा राजनीतिज्ञहरुले गरेका थिए ।
चीन प्रति यसरी नकारात्मक धारणा विकास हुन थालेपछि पहिलेको नारालाई परिमार्जन गरी 'द पिसफूल राइज अफ चाइना' भन्न थाले चिनियाँहरु । चीनप्रति खास गरी पश्चिमको धारणामा चीनको खतराको आशंका तत्काल कम नभए पनि क्रमैसंग त्यो आशंका मत्थर भयो । र आज चीन अन्तर्राष्ट्रिय शक्तिको प्रतिष्पर्धामा साँच्चिकै माथि उठेको छ, र आफ्नो हैसियत अव क्षेत्रीय होइन, विश्वव्यापी प्रभावको भैसक्यो भन्ने सन्देश बेइजिङ्गले दिएको छ ।
चीनको वढ्दो प्रभाव :
गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति बाराक ओवामाले चीनको भ्रमण गरे । त्यो भ्रमण धेरै अर्थमा महत्वपूर्ण रह्यो । चीनलाई 'विकासको बलियो साझेदार' को संज्ञा दिएर ओवामाले बेइजिङ्गको प्रभावलाई स्वीकार मात्र गरेनन्, अन्तर्राष्ट्रिय शान्ति र प्रगतिका लागि चीनले धेरै योगदान गर्न सक्छ भन्ने सन्देश पनि दिए, ओवामाले त्यसबेला ।
अन्तर्राष्ट्रिय शक्ति समीकरणमा आफूलाई विश्व शक्तिको रुपमा उभ्याउन थालिसकेको छ चीनले । र चीनको यो महत्वाकांक्षालाई विश्व महाशक्ति अमेरिकाले एक स्तर सम्म स्वीकार गर्यो, ओवामाको चीन भ्रमणका बेला । एशियाको कुनै पनि द्वन्द्व र समस्या समाधान गर्न पहिले चीनको भूमिका नदेख्ने वाशिङ्गटनको नीति परिवर्तन भएको छ । र चीनलाई क्षेत्रीय समस्या समाधान गर्ने 'सहयात्री' को रुपमा अमेरिकाले अगाडि सारेको छ ।
भारत र पाकिस्तानबीच रहेको कस्मीर जस्ता द्वन्द्व समाधान गर्न अमेरिका र चीनले मिलेर पहल गर्ने उद्घोष गरे, चीन भ्रमणका बेला अमेरिकी राष्ट्रपति ओवामाले । दक्षिण एशिया भन्दा बाहिर रहेको चीनलाई दक्षिण एशियाका समस्या समाधान गर्न अघि वढ्न अमेरिकाले यसरी प्रोत्साहन गर्नु वाशिङ्गटनको चीन नीतिमा आमूल परिवर्तन ठानिएको छ ।
संसारको 'सबैभन्दा ठूलो लोकतन्त्र' भारतसंग सम्बन्धित दक्षिण एशियाली क्षेत्रीय विवाद र तनाव मत्थर पार्न भारतको हैसियतले संभव छैन र यस्ता विवाद मिलाउन अमेरिका र चीन जस्ता ठूला शक्ति अगाडि आउनु पर्छ भन्ने सन्देश वाशिङ्गटनले दियो ।
यो सन्दर्भमा अमेरिकाले आफूलाई चीन पछि दोश्रो दर्जामा राखेकोमा भारतलाई चित्त नबुझ्नु स्वभाविक थियो । र ओवामाको बेइजिङ्ग उद्घोषप्रति नयाँ दिल्लीले औपचारिक प्रतिक्रिया जनायो, 'यस क्षेत्रको विवाद समाधान गर्न बाहिरी शक्तिको हस्तक्षेप आवश्यक र वाञ्छनीय छैन' भनेर ।
भारतले कूटनीतिक स्तरमा विरोध जनाए पनि एउटा कुरा स्पष्ट भएको छ, शक्तिको हिसाबले वाशिङ्गटन चीनसंग 'केही क्षेत्र' मा सहकार्य गर्न चाहन्छ । दक्षिण एशियाका पाकिस्तान, श्रीलंका, म्यानमार देखि खाडी क्षेत्रको इरान र आफ्रिकी महादेशका कतिपय राष्ट्र तथा अष्ट्रेलियाको वरिपरि सम्म चीनले आफ्नो उपस्थिति वढाउँदै लगेको छ । चीनको यो रणनीतिले भारतको प्रभाव यी क्षेत्रमा कम हुँदै जानु स्वभाविक हो । र यही स्वभाविक परिणतिलाई वाशिङ्गटनले स्वीकार गरेको हो ।
शीत युद्धकालमा पश्चिमाहरु चीनलाई 'सुतेको कुकुर' भन्थे । तर अव उनीहरु चीनलाई 'सुतेको ड्र्यागन' भन्न थालेका छन् । आर्थिक रुपमा विश्वव्यापी प्रभाव जमाउन धेरै हदसम्म सफल भैसकेको चीनलाई बेवास्ता गर्नु भन्दा आफ्नो स्वार्थ अनुरुप 'संगै हिँडेर' उपयोग गर्नु उपयुक्त ठानेको हो अमेरिकाले ।
आकाशिँदो महत्वाकांक्षा :
चीनप्रति अमेरिकाको बदलिँदो नीतिको परिणाम प्रत्यक्ष देखिन समय लाग्ला । तर चीनको प्रभाव बिस्तारको आकांक्षा ह्वात्तै वढेको अहिले नै अनुभव हुन थालेको छ ।
सन् २००४ मा 'द राइज अफ चाइना' को नारा दिएका चिनियाँ राष्ट्रपति हु जिन्ताओले चीनको विदेश नीति सम्बन्धमा यसबेला नयाँ अवधारणा अघि सारेका छन् । ओवामाको चीन भ्रमण समापनको लगत्तै नोभेम्बर अन्त्यमा सार्वजनिक 'हु जिन्ताओका अवधारणा' नामक उक्त दस्ताबेजले चीनको आकांक्षा अकाशिएको जनाउ दिएको छ ।
चिनियाँ कम्यूनिष्ट पार्टीको मुखपत्र 'लिआओवाङ्ग' अर्थात आउटलुक नामक साप्ताहिक प्रकाशनमा हुको विदेश नीति सम्बन्धी पाँच सिद्धान्त सार्वजनिक गरिएको छ ।
चीनले भावी दिनमा लिने विश्वव्यापी वाटोको सन्दर्भमा यी पाँच सिद्धान्त केन्द्रित छन् । पहिलो सिद्धान्तमा चिनियाँ नेता हुले 'विश्वमा व्यापक परिवर्तन हुनुपर्छ' भनेका छन् । यसलाई चीनले विश्व व्यवस्थामा आफ्नो चाहना अनुकूलको परिवर्तको प्रयास गर्ने लक्ष्यका रुपमा व्याख्या गरिएको छ ।
'बिरालो कालो भए पनि, सेतो भए पनि फरक पर्दैन, त्यसले मुसा मार्नु पर्छ' भन्ने देङ्ग सियाओ पिङ्गको सिद्धान्त थियो । यसै आधारमा चीनले आर्थिक, प्राविधिक तथा सैनिक प्रगतिमा ठूलो फड्को मारेको हो । र अव चीन विश्व रणभूमिमा प्रभावशाली स्थान वनाउन अघि वढेको छ ।
हु जिन्ताओको दोश्रो सिद्धान्त 'सहिष्णु विश्वको निर्माण' र तेश्रो 'संयुक्त विकास' को सिद्धान्तलाई चीनले आफ्नो आर्थिक प्रभाव अझ बिस्तार गर्ने उद्देश्यका रुपमा हेरिएको छ ।
चीनले भोलिका दिनमा अपनाउने विदेश नीतिको स्पष्ट झलक हुको चौथो र पाचौँ सिद्धान्तले दिएका छन् । विश्व शान्ति, विकास, द्वन्द्व समाधान जस्ता हरेक मुद्दा र विषयमा सबैको जिम्मेवारी साझा हुनुपर्छ भन्ने दर्शन 'साझा जिम्मेवारी' को सिद्धान्तले अघि सारेको छ ।
अवको चीन आफ्नो भूमि र क्षेत्रमा मात्र सिमित हुने छैन भन्ने स्पष्ट सन्देश चिनियाँ नेताले दिएका छन् । दक्षिण एशियाका भारत सम्बन्धित विवाद र द्वन्द्वको समाधानमा चीन समेतले सघाउने अमेरिकी प्रस्तावको लगत्तै बेइजिङ्गवाट आएको यो जनाउलाई महत्वपूर्ण ठानिएको छ ।
चीनले अवका दिनमा विश्व मामलामा अझ सशक्त सहभागिता जनाउने छ । चिनियाँ नेता हु जिन्ताओ चीनको सहभागिता अझ प्रभावकारी तथा सशक्त वनाउन दृढ देखिन्छन् । 'अन्तर्राष्ट्रिय मामलामा उत्साहपूर्ण सहभागिता' को आफ्नो पाँचौँ सिद्धान्तमा उनले चीनको यो आकांक्षा प्रष्ट पारेका छन् ।
चीनको विदेश नीति सम्बन्धी यी सिद्धान्तले चीन एउटा प्रभावशाली विश्व शक्तिको भूमिकामा अघि वढ्न चाहन्छ र त्यसो गर्न बेइजिङ्ग सक्षम छ भन्ने सन्देश चिनियाँ नेता हुवाट आएको छ ।
नेपालमा प्रभाव :
दोश्रो विश्व युद्धपछि विकसित शीत युद्धकालमा त्यसबेलाको एउटा महाशक्ति सोभियत संघप्रति लिएको जस्तो नीति वाशिङ्गटनले यसबेला चीनप्रति लिएको छैन । चीनसंग सहकार्यको नीतिलाई अमेरिकाले प्रोत्साहन गर्नुको अर्थ चीनको अन्तर्राष्ट्रिय प्रभाव बिस्तारमा सघाउ पुर्याउनु हो ।
र यही अवसरलाई उपयोग गरेर चीनले आफ्ना वरिपरि तत्काल 'प्रभावकारी' काम थाल्न सक्ने संकेतहरु देखिन थालेका छन् । दक्षिण एशियाका द्वन्द्वहरु समाधान गर्न समेत 'एक्लै होइन, महाशक्ति समेतको सहकार्य' मा बेइजिङ्ग अघि वढ्ने र त्यसको पहिलो चरण नेपाल बन्न सक्ने कुरालाई नकार्न मिल्दैन ।
तिब्बतको कारणले नेपाली भूमिवाट चीनको राष्ट्रिय सुरक्षामा खतरा बताइराखेको छ चीनले । 'भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप वढाएको,' 'चीन विरोधी गतिविधिलाई नेपाली भूमिमा भारतले उचालेको' जस्ता आरोप चीनका विशेषज्ञहरुवाट आइराखेका छन् ।
त्यसैले 'नेपालमा अशान्ति वढ्यो भने चीनको सुरक्षामा मात्र होइन, समग्र दक्षिण एशियाको सुरक्षा तथा स्थायित्वमा दूरगामी नकारात्मक असर पर्ने' विश्लेषण निकट भविष्यमा आउने र त्यसै अनुरुप 'समाधानका उपाय' को खोजी हुने देखिन्छ । र त्यो भनेको चीनको प्रभाव र प्रभूत्व हिमालय दक्षिणको क्षेत्रमा व्यापक बिस्तार हुनु हो ।
हिमालय दक्षिण र हिन्द महासागर सम्म मेरो एकछत्र प्रभूत्व हो र त्यो कायम रहनु पर्छ भन्ने दिल्लीको दावीले अवका दिनमा चुनौतिको सामना गर्नु पर्नेछ । त्यसो हुनु भनेको नेपाली भूमिमा विश्व शक्ति र क्षेत्रीय शक्तिको छद्म भिडन्त वढ्नु हो । नेपाली राजनीतिमा स्थायी तथा भरपर्दो मित्रको खोजिमा रहेको चीनलाई नेपोलियनको 'भियना कब्जा गर्ने इच्छा हो भने, त्यो कब्जा गरी हाल' भन्ने आदर्श दर्शन राम्ररी थाहा छ भन्ने संकेत देखिन थालेको अलि अघिदेखि नै हो ।
गजुरेल त्रिभूवन विश्वविद्यालयमा राजनीति शास्त्रका उपप्राध्यापक हुन् ।