Feb 12, 2010

चीन–भारत : सहकार्य कि प्रतिस्पर्धा ?


दीपक गजुरेल

अन्तर्राष्ट्रि शक्ति समीकरणको सन्दर्भमा हिजोआज एशियाको चर्चा निकै हुने गरेको खास गरी चीन भारतको बढ्दो आर्थिक तथा सैनिक शक्तिको पृष्ठभूमिमा २१ औँ शताब्दी एशियाको हो भन्ने गर्छन्, एकथरी विश्लेषकहरु विश्वव्यापी आर्थिक मन्दीले त्यति धेरै प्रभाव नपारेको चीन भारतको द्रुत विकास गतिले अहिले सम्म स्थापित पश्चिमा शक्तिहरुलाई पछि पार्ने अनुमान केहीले गरेका छन् आर्थिक तथा सैनिक क्षेत्रमा शक्ति विस्तार गरिराखेका चीन भारतबीच सहकार्य हुने त्यसवाट यिनीहरुले विश्व शक्ति समीकरणलाई नै फेरबदल गरिदिने विश्लेषण समेत गरिँदैछ, एक कोणवाट

चीनडिया सिद्धान्त :

उदाउँदा विश्व शक्ति चीन भारतबीच सहकार्य हुने कुरामा विश्वास राख्नेहरुले यस्तो संभाव्य सहकार्यलाई 'चीनडिया' (चाइना–इण्डिया) भन्ने गरेका छन् संसारको सबैभन्दा धेरै जनसंख्या भएका यी दुई ठूला देशबीच परम्परागत् सम्बन्ध , पुरानो सांस्कृतिक मित्रता त्यसभन्दा माथि, आपसी सहयोग सहकार्यले नै हामीलाई अझ शक्तिशाली बन्न मद्दत पुग्छ भन्ने मान्यता बेइजिङ्ग नयाँ दिल्लीले व्यक्त गर्ने गरेका छन्

आर्थिक क्षेत्रमा द्रुत प्रगति गरिराखेका चीन भारतले विश्व अर्थतन्त्रमा ठूलो उथल पथल ल्याइदिन सक्ने अनुमान 'चीनडिया' सिद्धान्त मान्नेहरुको 'चीन भारतबीच श्रमको विभाजन जस्तो स्थिति भारत सेवा प्रदायकको रुपमा बजार विस्तार गर्दैछ भने चीन वस्तु उत्पादकको रुपमा प्रभाव बढाउँदैछ सफ्टवेयर हार्डवेयरको यो दुई ध्रुवीय विकास सही तालमेलका साथ अघि बढ्ने हो भने यी दुई एशियाली शक्तिले विश्व अर्थतन्त्रलाई एकलौटी आफ्नो पक्षमा पारिदिन सक्ने विश्वास यो सिद्धान्तका विश्लेषकहरुको

चीन भारतका सरकारी अधिकारीहरु औपचारिक रुपमा चीनडिया सिद्धान्त अनुरुप मिलेर अघि बढ्नुपर्ने वताउने गर्छन् सरकारी अधिकारी तथा नेताहरुबीच भेटघाट भएका बेला जारी गरिने वक्तव्य भाषणमा यस्तो 'सहकार्य' को उल्लेख प्रशस्त गरिन्छ यसैलाई आधार मानेर एकथरी विश्लेषक, खास गरी अर्थशास्त्रीहरु, 'चीनडिया' सिद्धान्तको वकालत गर्छन् झट्ट सुन्दा हो जस्तो पनि लाग्छ चीन भारत एक अर्काको विशाल बजार तथा आर्थिक फाइदाका कारण कुनै प्रकारको द्बन्द्ब वा भीडन्तमा जाने छैनन् भन्ने तर्क आफैँमा बलियो देखिन्छ चीन भारतले सहकार्य गरे भने साँच्चीकै नयाँ खालको परिदृश्य देखापर्नेछ विश्वमा

एशियाका आर्थिक शक्ति चीन भारतले आपसी व्यापारमा मात्र होइन, विश्व बजारमा समेत राम्रो उपस्थिति देखाइराखेका छन् सन् २००८ मा चीन भारत व्यापार ५२ अर्ब डलर भन्दा माथि पुगेको थियो आउँदा वर्षहरुमा यो मात्रा अझ बढ्ने अनुमान गरिएको

जलवायु परिवर्तन सम्बन्धी कोपन हेगन सम्मेलनमा बेइजिङ्ग दिल्लीको सहकार्य प्रकट रुपमै देखियो पनि यस्ता अनेक क्षेत्रमा चीन भारत आपसी सहयोग विस्तार गर्न लागि परेका देखिन्छन् एक अर्काको ठूलो बजार उपयोग गर्ने दाउमा देखिन्छन् यी दुबै

सहकार्य कि प्रतिस्पर्धा ?

औपचारिक सरकारी धारणा अनुसार चीन भारतबीच सहयोग तथा सहकार्य हुने कुरामा शक्ति समीकरणका विश्लेषकहरु चाहिँ आशावादी हुन सक्ने ठाउँ छैन

आर्थिक विकाससंगै यी दुई राष्ट्रबीच प्रतिस्पर्धा बढ्दै गएको देखिन्छ चीनले भारतीय बजारमा अनधिकृत काम गर्न खोजेको आरोप भारतीय पक्षको रहँदै आएको करोडौँको संख्यामा चिनियाँ मोवाइल फोन सेटलाई हालै भारतीयहरुले एकैपटक निष्कृय पारिदिएको कदमलाई एउटा उदाहरणको रुपमा लिनसकिन्छ, यस सन्दर्भमा

व्यापार प्रविधिको क्षेत्रमा आपसी सहयोग भन्दा प्रतिस्पर्धामा लागेका देखिन्छन् चीन भारत दुबैबीच विश्वासको संकट एकले अर्काको गतिविधिलाई शंकाको दृष्टिले हेर्ने अर्कालाई निषेध गर्ने रणनीति प्रखर रुपमा देखिन्छ, यी दुबैबीच

भारतले पूर्वाधार विकासका लागि एशियाली विकास बैँकवाट लिन लागेको ऋण रोक्न चीनले दिएको सफल दवाव एउटा उदाहरण हो नेपाल, पाकिस्तान लगायतका देशमा चीनले बढाउँदै लगेको विकास सहयोगलाई भारतले अनाहकमा आपत्ति जनाउनु यी दुई एशियाली संगै हिँड् नसक्ने लक्षणका उदाहरण हुन्

चीनवाट भएको व्यापक विरोधलाई बेवास्ता गर्दै भारतले दलाई लामालाई अरुणाचलको भ्रमण गराएको कदमले आपसी अविश्वास थप बढाएको सीमा विवादको कारण यसअघि युद्ध गरिसकेका यी दुईबीच चार दशक भन्दा बढी समयसम्म थाँती राखिएको सीमा समस्या फेरि चर्कोसंग उठेको आपसी सहकार्य मार्फत अघि बढ्ने सरकारी औपचारिक धारणा विपरित यसबेला सीमा विवाद चर्कनुलाई सामान्य मान्न सकिन्न

'चीनले भारतको सीमा मिच्दैछ, हाम्रो भूभागभित्र पसेर चिनियाँ सेनाले अतिक्रमण गरिराखेको ' जस्ता विरोध भारतीयहरुवाट आइराखेको उता, चीनवाट पनि 'दूष्ट जस्तो व्यवहार नगर, तिमीलाई ठेगान लगाइदिनेछौँ' जस्ता धम्कीका भाषा आउन रोकिएको छैन

चीन भारतबीच सैनिक प्रतिस्पर्धा बढ्दैछ भन्ने कुराको संकेत गएको दुई वर्ष यताका गतिविधिहरुवाट प्रष्ट भएको सीमा क्षेत्रमा दुबैले सैनिक सुदृढीकरण गर्दैछन् भन्ने समाचारहरु यही प्रतिस्पर्धाका उदाहरण हुन्

हिमालय सृङ्खला दक्षिणका राष्ट्रहरु हिन्द महासागरको क्षेत्रमा एक दशक अघि सम्म त्यति ध्यान नदिएको चीनले यस क्षेत्रमा आफ्नो उपस्थिति दरो वनाउँदै लगेको पाकिस्तानी भूमिमा चीनले निर्माण गरिराखेको रणनीतिक महत्वको राजमार्ग, श्रीलंकामा बनाउँदै गरेको बहुद्देश्यीय बन्दरगाह, म्यानमारमा तयार हुनै लागेको तेल प्रशोधन केन्द्र सहितको बन्दरगाह, फिजी लगायतका देशमा बढ्दो चिनियाँ उपस्थिति केही उदाहरण हुन्, चिनियाँ रणनीतिको 'चीनले भारतलाई वरिपरीवाट घेरा हाल्दैछ' भन्ने भारतीयहरुको आरोप चीनका यिनै गतिविधिका कारण आएका हुन्

अफगानिस्तान, पाकिस्तान, नेपाल देखि म्यानमारसम्म हिमालय सृङ्खला दक्षिणका देशहरु एक वा अर्को द्बन्द्ब अस्थिरतामा जकडिएका छन् यो क्षेत्रमा जसको प्रभाव बलियो हुन्छ, विश्व शक्ति समीकरणमा उसको उपस्थिति दृढ बन्न पुग्ने निश्चित दक्षिण एशियामा नेपाल, भूटान लगायतका राष्ट्रहरुमा भारतको प्रभूत्व परम्परागत् रुपमा रहँदै आएको हो तर अव यो क्षेत्रमा भारतले प्रभूत्वका लागि चीनसंग प्रतिस्पर्धा गर्नु पर्ने भएको

हिमालय दक्षिण हिन्द महासागरसम्मको क्षेत्रमा चीनले देखाइराखेको रणनीतिक रुपमा बलियो उपस्थितिले भारतलाई सशंकित बनाउनु स्वभाविक हो चीनको प्रभाव यस क्षेत्रमा बढ्नुको अर्थ दक्षिण एशियामा 'ठूलो दाजू' को आफ्नो हैसियत धरापमा पर्ने यथार्थ नयाँ दिल्लीका रणनीतिकारहरुले राम्ररी बुझेका छन् त्यसैले चीनलाई आफ्नो प्रभाव क्षेत्रमा आउन नदिनु भारतीयहरुका लागि रणनीतिक हिसाबले जरुरी बनिसकेको

आधा सय अर्ब भन्दा बढीको वार्षिक व्यापार गर्ने चीन–भारत कारोवारमा भारत घाटामा उसले चिनियाँ सामान आयातमा अनेकौँ अड्चन खडा गरिराखेको व्यापारिक हिसाबले पनि आफ्नो रणनीति अनुसार भारतलाई हिँडाउन सक्ने बनाउनु चीनको उद्देश्य हुन सक्छ बलियो राष्ट्रले बाहिरी आयातमा आफू अनुकूल निर्णय गर्छ, तर कमजोरले निर्यातकर्ताको रुचि अनुरुप नै चल्नु पर्ने हुन्छ

अन्तर्राष्ट्रिय शक्ति समीकरणको प्रभाव :

आगामी दिन चीन–भारत प्रतिस्पर्धा बढ्दै जाने स्पष्ट संकेतहरु देखिँदैछन् तर यसको मुख्य कारण क्षेत्रीय मात्र होइन हिमालय वारपार तथा हिन्द महासागर सम्मको क्षेत्रमा चीनको बढ्दो प्रतिस्पर्धात्मक उपस्थिति एउटा पाटो हो अन्तर्राष्ट्रि शक्ति समीकरणको सन्तुलनका हिसाबले पनि चीन भारतबीच सहकार्य होइन प्रतिस्पर्धा बढ्ने स्थिति बन्दै गएको , केही समय यता

महाशक्ति सोभियत संघको पतन पछि आज सम्म अन्तर्राष्ट्रिय शक्ति समीकरण एक ध्रुवीय , अमेरिकी नेतृत्वमा चीन भारत यो समीकरणमा अमेरिकाका लागि संभाव्य प्रतिस्पर्धी हुन् यो संभावनालाई बेलैमा समाप्त पार्नु वाशिङ्गटनको लक्ष्य हो 'एशिया २०२०' नामक ह्वाइट हाउसको सार्वजनिक रणनीतिक दस्तावेजले यसै दिशा तर्फ संकेत गर्छ

दक्षिण एशियाका विवाद समस्या समाधान गर्न चीनको भूमिका आवश्यक भनेर गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति बाराक ओवामाले गरेको घोषणालाई यसै सन्दर्भमा हेरिनु उपयुक्त हुन्छ

क्षेत्रीयका साथै अन्तर्राष्ट्रिय शक्ति समीकरणका हिसाबले विश्लेषण गर्दा आगामी दिन महिना चीन भारतबीच तनाव अझ बढ्ने त्यो विष्फोटक समेत हुन सक्ने कुरालाई नकार्न सकिन्न


राजधानी दैनिकमा प्रकाशित, बुधबार, माघ २०, २०६६ (फेब्रुअरी ०३, २०१०)