Feb 19, 2009
नेपालमा चीनको स्वार्थ
दीपक गजुरेल
अन्तर्राष्ट्रिय शक्ति समीकरणमा चीनको बढ्दो प्रभाव एशिया खासगरी दक्षिण एशिया दक्षिण पूर्व तथा सुदूर पूर्वी एशियामा चीनको शक्तिशाली उपस्थिति चीन विरुद्ध हुन सक्ने सम्भाब्य नकारात्मक दबाव र बेइजिङ्गको प्रभाव विस्तार गर्ने रणनीतिको परिणाम हो यतिबेला नेपाल प्रति चीनको बढ्दो चासो र सतर्कता ।
गएको २-३ वर्ष यता नेपाली भूमिमा बढ्दो राजनीतिक अस्थिरता तथा भारतीय र अमेरिकीको यहाँ चुलिँदो हैकमका कारण नेपालमा चीन-प्रतिकूल वातावरण बन्ने चिन्ता बेइजिङ्गलाई छ । चुपचापु काम गर्ने चीन यतिबेला खुला रुपमा आउनु भनेको अब अति भयो भन्ने सन्देशका रुपमा बुझ्नु उपयुक्त हुन्छ । नेपालको सार्वभौमसत्ता रक्षाका लागि चीनले सहयोग गर्नेछु भन्ने यसबेलाको अभिव्यक्तिलाई सन् १९६२ मा चीनका विदेशमन्त्री चेन यीले दिएको चेतावनीसँग जोडेर हेर्नु सान्दर्भिक हुन्छ ।
नेपालमा चीनको स्वार्थ उसले चाहेको वातावरण र उसले भावी दिनमा चाल्न सक्ने कदमलाई दुई मुख्य आधारमा विश्लेषण गरिनु पर्छ । पहिलो आत्मरक्षा - चीनको अखण्डता अक्ष्ाण राख्दै आफ्नो रणनीतिक स्थितिलाई अ´ सुदृढ पार्दै लाने र दोश्रो एशियाका साथै सिँगो विश्व शक्ति सँघर्षको रणभूमिमा आफ्नो प्रभाव शक्तिशाली ढँगले बढाउँदै लाने ।
नेपालको विकासको लागि जस्तो सुकै मद्दत गर्न चीन सदा तत्पर छु जस्ता औपचारिक धारणा त चीनवाट बेलाबखत आइरहन्छन् । तर यसबेला –नेपालको सार्वभौमसत्ता रक्षाका लागि भनेर – सहयोगु गर्ने भनिएको छ । कूटनीतिक हिसाबले यो अत्यन्तै गम्भीर अभिव्यक्ति हो । केही अघि नेपाल आएका चीनियाँ विदेश मन्त्रीले एउटा भन्दा धेरै औपचरिक कार्यक्रममा भने –नेपालको सार्वभौमसत्ता रक्षाका लागि चीनले हरेक प्रकारको सहयोग गर्नेछु । यो अभिव्यक्ति उनले निक्कै दोहोर्याए । यसको अर्थ नेपालको सर्वभौमसत्ता गुम्ने र नेपालको अस्तित्व नै नरहने खतरा छ भनेर चीनले विश्लेषण गरेको हो भनेर बुझ्नु पर्ने हुन्छ ।
नेपालको आन्तरिक राजनीति अत्यन्तै जटिल र अन्यौलपूर्ण रहेको अहिलेको अबस्थामा चीनको तर्पुवाट यस्तो धारणा किन आयो चीनले नेपालमा चलिरहेको सत्ता सँघर्ष र वर्तमान दक्षिण एशियाली शक्ति समीकरणलाई कसरी हेरिराखेको छ र नेपालको सार्वभौमसत्तासँग चीनको के-कस्तो स्वार्थ जोडिएको छ भनेर हेर्नु जरुरी छ चीनको बढ्दो चासोलाई बुझ्न ।
नेपाल प्रति चीनको चासो अलि धेरै बढ्नुमा नेपाल राष्ट्रको भौगोलिक अवस्थिति एउटा कारण हो । यसका साथै विगत् केही वर्ष यता दक्षिण एशिया र वरपरका क्षेत्रमा विकसित रणनीतिक परिदृष्यले पनि चीनलाई हिमाल पारी बढी सचेत हुदै प्रभावकारी कदम चाल्न बाध्य पारेको छ ।
अन्तर्राष्ट्रिय शक्ति समीकरणमा चीनको बढ्दो प्रभाव एशिया खासगरी दक्षिण एशिया दक्षिण पूर्व तथा सुदूर पूर्वी एशियामा चीनको शक्तिशाली उपस्थिति चीन विरुद्ध हुन सक्ने सम्भाब्य नकारात्मक दबाव र बेइजिङ्गको प्रभाव विस्तार गर्ने रणनीतिको परिणाम हो यतिबेला नेपाल प्रति चीनको बढ्दो चासो र सतर्कता ।
नेपालमा चीनको स्वार्थ उसले चाहेको वातावरण र उसले भावी दिनमा चाल्न सक्ने कदमलाई दुई मुख्य आधारमा विश्लेषण गरिनु पर्छ । पहिलो आत्मरक्षा - चीनको अखण्डता अक्ष्ाण राख्दै आफ्नो रणनीतिक स्थितिलाई अ´ सुदृढ पार्दै लाने र दोश्रो एशियाका साथै सिँगो विश्व शक्ति सँघर्षको रणभूमिमा आफ्नो प्रभाव शक्तिशाली ढँगले बढाउँदै लाने ।
आत्मरक्षाको चीनियाँ स्वार्थ:
अन्तर्राष्ट्रिय शक्ति समीकरणमा चीन अहिले सम्भाव्य महाशक्तिको रुपमा माथि उठ्दैछ । पश्चिमाहरुले ुसुतेको बाघु भन्ने गरेको चीनको शक्ति बिस्तार रोक्नु र उसलाई कमजोर पार्नु विश्वको एक मात्र महाशक्तिका लागि अनिवार्य छ आफ्नो विश्वव्यापी प्रभूत्व कायम गर्दै अ´ व्यापक पार्न ।
दलाई लामालाई उचालेर तिब्बतमा उथल पुथल मच्चाउने र यसका लागि नेपाली भूमि समेत प्रयोग गर्ने रणनीति व्यापक पारिएको छ । सन् १९७० दशकको मध्यतिरको खम्पा विद्रोह पछि पहिलो पटक काठमाडौँका सडकमा प्रुी तिब्बतको नारा-जुलुस र सँघर्ष अखबारको दावीलाई ठाडै अस्वीकार गर्न सकिने अबस्था छैन । सन् २००९ को आरम्भदेखि तिब्बतमा भयंकर विद्रोह गरिने जस्ता चेतावनी धर्मशालाबाट आएको छ साचार माध्यमहरुका अनुसार ।
नेपालसँगको एक हजार किलोमिटर सीमा क्षेत्रबाट चीनको अभिन्न अङ्ग तिब्बत यस अघि जस्तो अब सुरक्षित रहेन भन्ने बेइजिङ्गको विश्लेषण देखिन्छ । नेपाल-तिब्बत सीमामा हाम्रो सेनाको सँख्या र क्षमता वृद्धि गरिँदैछ भन्ने जनाउ बेइजिङ्गबाट आइसकेको छ ।
अरुतिरको भन्दा चीनको नेपालसँगको सीमा तुलनात्मक रुपमा तिब्बत विरुद्ध प्रयोग गर्न सहज छ भौगोलिकका साथै कूटनीतिक तथा राजनीतिक हिसाबले । नेपाल एउटा स्वतन्त्र अखण्ड राष्ट्र रहिरहेको खण्डमा तथा नेपालमा सशक्त शासन प्रणाली रह्यो भने नेपाली सीमाका तर्पुबाट चीनलाई सुरक्षाको चिन्ता कम हुन्छ भन्ने कुरा विगत्ले स्पष्ट पारेको छ । नेपालको स्थिति सिक्किम वा भुटानको जस्तो हुन पुगेको अबस्थामा चीनलाई गाह्रो हुनेछ । त्यसैले नेपाल अखण्ड राष्ट्रका रुपमा रहनु र माठमाडौँमा सशक्त शासक रहनु चीनका लागि आवश्यक छ । अहिलेको जस्तो अन्योलपूर्ण अराजक तथा भद्रगोल अबस्था लामो समय रहनु चीनका लागि चिन्ताको विषय हो । सिक्किम विलयलाई चीनले अहिले सम्म औपचारिक रुपमा मान्यता नदिनु र मान्यता दिने पनि छैन भनेर यसैबेला बेइजिङ्गबाट सूचित गरिएको सन्दर्भ यहाँ स्मरण गर्नु उपयुक्त होला ।
गएको २-३ वर्ष यता नेपाली भूमिमा बढ्दो राजनीतिक अस्थिरता तथा भारतीय र अमेरिकीको यहाँ चुलिँदो हैकमका कारण नेपालमा चीन-प्रतिकूल वातावरण बन्ने चिन्ता बेइजिङ्गलाई छ । चुपचापु काम गर्ने चीन यतिबेला खुला रुपमा आउनु भनेको अब अति भयो भन्ने सन्देशका रुपमा बुझ्नु उपयुक्त हुन्छ । नेपालको सार्वभौमसत्ता रक्षाका लागि चीनले सहयोग गर्नेछु भन्ने यसबेलाको अभिव्यक्तिलाई सन् १९६२ मा चीनका विदेशमन्त्री चेन यीले दिएको चेतावनीसँग जोडेर हेर्नु सान्दर्भिक हुन्छ ।
चेन यीको चेतावनी लगत्तै चीनले भारतमाथि आक्रमण गरेको थियो - सन् १९६२ मा । नेपालमा राजा महेन्द्रको शासन प्रति नयाँ दिल्लीले त्यसबेला अपनाएको नीति चीन-भारत युद्ध पछि १८० डिग्रीमा घुमेको र त्यो ´ण्डै तीन दशक सम्म जारी रहेको यहाँ स्मरण योग्य छ । कोदारी राजमार्ग बनाउने सम्´ाैताको विरोध गर्दै नेपालमाथि भारतले लगाएको नाकाबन्दी चीनियाँ आक्रमण लगत्तै फुकुवा गरेको पनि सम्´नु मनासिव होला यतिबेला ।
नेपाली भूमि बाहेक चीनको पूर्व दक्षिण र पश्चिम दिशामा भैराखेको विकासलाई पनि हेर्नु आवश्यक छ । ताइवानको सैन्य सुदृढीकरण भारतीय शासकहरुले दलाई लामालाई दिँदै लगेको बढी छुट अफगानिस्तानमा बढ्दो अमेरिकी सैनिक उपस्थिति किर्गिस्तान लगायत केही पूर्व सोभियत गणराज्यमा भैराखेको चीन लक्षित अप्रत्यक्ष गतिविधि तिब्बत लगायत पश्चिमी चीनको मुस्लिम बाहुल्य क्षेत्रमा फाट्टफुट्ट देखिन थालेको गडबडी जस्ता विकासक्रमले चीनलाई उत्तेजित पार्दैछ ।
नेपाल बाहेक अन्यत्रका सन्दर्भमा चीनको रणनीति फरक ढंगले जाने देखिन्छ । तर नेपालमा स्थायित्वका साथै सशक्त राष्ट्रवादी तथा स्वाभिमानी शासनको अपेक्षा चीनले गरेकोछ भन्ने सन्देश बेइजिङ्गबाट आएको छ अहिले । चीनको यो चाहना सँगै उसको खुला कूटनीतिक व्यबहारलाई नेपाली शासकले मात्र होइन नेपाली भूमिमा ुहैकमु देखाउने अन्यले पनि बेलैमा बुझ्नु श्रेयष्कर हुन्छ ।
प्रभूत्व बिस्तार गर्ने चीनियाँ स्वार्थ:
अन्तर्राष्ट्रिय शक्ति समीकरणमा प्रभावशाली शक्तिका रुपमा उदय हुँदै गरेको चीन अव प्रतिरक्षात्मक मात्र होइन आक्रामक रुपमा आफ्नो प्रभूत्व पनि फैलाउन खोज्दैछ । भारतले अमेरिकासँग आणविक सम्´ाैता गरे लगत्तै चीनले पाकिस्तानसँग गरेको सामरिक सम्´ाैतालाई कम महत्व दिइनु हुँदैन । यो सम्´ाैताको असर आगामी दिनमा दक्षिण एशियामा देखिनेछ । मुम्बैमा आतङ्ककारी हमला पछि भारतले आपुू सामरिक रुपले शक्तिशाली छु भनेर हाल गरिरहेको व्यापक प्रचारलाई पाकिस्तानसँगको कटूताका रुपमा मात्र हेर्नु उपयुक्त नहोला ।
दोश्रो विश्व युद्ध पछिको शीत युद्धकालीन दुई ध्रुवीय शक्ति समीकरण फेरिइसकेको छ भन्ने यहाँ नेर सम्´नु आवश्यक छ पाकिस्तान-अफगानिस्तान-भारतको सन्दर्भमा चीनको रणनीतिका दृष्टिले ।
सिक्किमलाई हामी मान्यता दिँदैनौ भन्ने चीनको अहिलेको जनाउसँगै बंगलादेश र म्यानमार तुलनात्मक रुपमा वर्तमान नेपाली शासक भन्दा बढी सशक्त देखिनु संयोग मात्र होइन ।
समुद्री डाकूलाई नियन्त्रण गर्ने नाममा चीन अव अपि्रुकी महादेशमा अ´ बढी शक्तिका साथ उपस्थित हुदैछ । सुडानमा चीनको उपस्थितिको परिणाम त विश्वलाई ज्ञात छँदैछ । त्यसैले आउँदा दिनहरु चीन केन्द्रित हुने र नेपालले विचित्रको तर गम्भीर अबस्थाको सामना गर्नुपर्ने हुन सक्छ ।
http://mail.google.com/mail/h/1nab6p955nl9k/?v=b&cs=wh&to=deepakgajurel@gmail.com
गजुरेल त्रिभूवन विश्वविद्यालयमा राजनीति शास्त्रका उपप्राध्यापक हुन् ।
Published in Deshantar Weekly Magh 12, 2065 and in Hamroblog January 19, 2009
Subscribe to:
Post Comments (Atom)
Good
ReplyDeletePortugal