Jan 14, 2010

Nepal: New Flashpoint of International Power Struggle


Deepak Gajurel

Since the collapse of the Soviet Union in early 1990s, scenario in international power equation has been shifted from West Asia to Trans-Himalayan region. South Asia, in general, and Nepal in particular, has become the new hotspot for the rivalry among world powers.

Renowned British geographer Halford McKinder interpreted global power equation and possible future scenario, on the basis of geopolitics and geo-strategy. His 'Heartland' theory, first made public in 1904, was a brainstorming analysis and projection, for strategists across the Atlantic, in Europe and the US.

Interestingly, international power equation and rivalry have been experiencing the same trail as projected my McKinder. With reasonable and firm evidences available, this prestigious strategist had forecasted the staging of the First World War, and nature and magnitude of the Second World War. Rise and fall of the Soviet Union also featured on McKinder's analysis and projection, which turned reality; Soviet Union came into existence in 1917 and collapsed in 1991.

As his projection of the fall of the British Empire became true, so has been the case with the rising power status of the United States.

International power equation has been shifting with the changing quest for influence by growing world powers. While Middle East suffered a hotspot for global power struggle for nearly five decades, with the end of the Second Great War in 1945, South Asia has seemingly been slipping into a flashpoint of global arm twisting.

Since China and India have been towing towards potential rivals for the 'Unchallenging leader of the world,' the US, Nepal seems increasingly becoming a flashpoint for new series of global power wrangling.

An analysis, for Nepal becoming a flashpoint, on the basis of McKinder's Heartland Theory:


विश्व क्ति संघर्षको नयाँ रणभूमि
दीपक गजुरेल

नेपाल राष्ट्र जन्मकाल देखि यही भूभागमा अखण्ड रुपमा कायम विगत्मा अहिलेको जस्तो विदेशी चलखेल जस्ता कुरा थिएनन् यसैबेला किन नेपालको आन्तरिक राजनीतिले एक भन्दा वढी बाहिरी शक्तिहरुको दवाव खेप्नु परेको ? नेपालमा स्थिर प्रणाली रहेका बेला राजनीतिक परिवर्तन हुने क्रममा पनि विगत्मा विदेशी शक्तिहरुको चासो नेपालमा यति धेरै भएको देखिन्न

अन्तर्राष्ट्रि शक्ति समीकरणमा आफ्नो प्रभूत्व अझ बलियो बनाउन त्यस्तो प्रभूत्वको मारवाट जोगिन फरक शक्तिहरुले नेपालमा काम गरिराखेका छन् यी सबैको आ–आफ्नै स्वार्थ छन् यहाँ किन यसबेला नै यस्तो भएको भन्ने बुझ् भूराजनीतिबारे ऐतिहासिक तथा रणनीतिक पृष्ठभूमि खोतल्नु पर्ने हुन्छ

म्याकिण्डरको सिद्धान्त :

हालफोर्ड म्याकिण्डर एकजना वेलायती भूगोलविज्ञ थिए विश्वका प्रमुख राष्ट्रहरुको राजनीति, अन्तर्राष्ट्रिय शक्ति संघर्ष शक्तिमाथिको प्रभूत्वलाई म्याकिण्डर भूरणनीतिका आधारमा व्याख्या गर्थे सन् १९०४ मा सार्वजनिक म्याकिण्डरको 'हार्ट ल्याण्ड' सिद्धान्तले त्यसबेला युरोप अमेरिकाका रणनीतिकारहरुको मथिङ्गल हल्लाइदिएको थियो

दोश्रो विश्व युद्धको समाप्ति पछि तेश्रो पटक संशोधन गरे पनि म्याकिण्डरले आफ्नो 'जियोग्राफिकल पिभोट अफ हिष्ट्री' शिर्षकको 'हार्ट ल्याण्ड' सिद्धान्तका आधारभूत मान्यता तथा भावी दिनको अवश्यम्भावी स्थितिबारे आफ्ना अडान परिवर्तन गरेनन् आज भन्दा एक सय पाँच वर्ष अघि उनले प्रक्षेपण गरे जसरी नै अन्तर्राष्ट्रिय शक्ति समीकरण आज पनि अघि वढेको पाइन्छ

पहिलो विश्व युद्धको संकेत सम्म पनि नदेखिएको वेला सन् १९०४ मा म्याकिण्डरले 'यस कारण, यी राष्ट्रहरु भयंकर युद्धमा सामेल हुनेछन्' भनेर ठोकुवा गरेका थिए भूगोल, भूराजनीति, त्यसबेलाको सैनिक तथा प्राविधिक क्षमताको स्तर आदिका आधारमा अत्यन्त वैज्ञानिक ढंगले यी भूरणनीतिका विद्वानले प्रक्षेपण गरेकै शैली तथा स्तरमा पहिलो विश्व युद्ध भयो त्यसवेलाका ठूला विद्वानहरुबीच बहस चले पनि, उनको व्यापक आलोचना भए पनि म्याकिण्डर आफ्नो सिद्धान्त निश्कर्षवाट टसमस् भएनन् कालान्तरमा त्यही भयो जे उनले भनेका थिए

दोश्रो विश्व युद्धको समेत भविष्यवाणी गरेका म्याकिण्डरले कहिल्यै सूर्यास्त नहुने वेलायती साम्राज्य यसकारण यसरी खुम्चिने भनेर ठोकुवा गरेका थिए, धेरै वर्ष अघि सन्  १९०४ मा, जुन पछि वास्तविकतामा परिणत भयो

वेलायती साम्राज्य कमजोर हुने दावी निकै अघि नै गरेर वेलायती शासकहरुवाट खप्की खाएका म्याकिण्डरले संयुक्त राज्य अमेरिकाका बारेमा सय वर्ष भन्दा पहिले गरेका प्रक्षेपणहरु आज सम्म अलिकता पनि तलमाथि परेका छैनन्

त्यसबेला जारको रुस रहेको भूगोलमा एउटा नयाँ महाशक्तिको उदय हुने भावी चित्रका साथै बीसौँ शताब्दीको मध्य सम्ममा विश्वव्यापी युद्धमा अमेरिका समेत सामेल हुने बताएका थिए, म्याकिण्डरले मुनरो डक्ट्रिन त्यागेर विश्व शक्ति संघर्षमा खुला रुपमा मैदानमा आउने अमेरिका अर्को महाशक्ति बन्ने युरोपेली शक्तिहरु कमजोर भएर जाने भविष्यवाणी यी रणनीतिकारले धेरै अघि गरेका थिए

पहिलो विश्व युद्ध पछि अमेरिकी सामरिक रणनीतिलाई व्यापक प्रभाव पार्न सफल यी वेलायती विद्वानले गरेको अर्को दावी पनि अनौठो तर स्वभाविक ढंगले सही प्रमाणित भयो रुस भन्ने देश रहेको ठाउँमा एउटा महाशक्ति खडा हुने तर त्यो एक शताब्दी (एक सय वर्ष) पनि नबाँच्ने म्याकिण्डरको हिसाब अनुरुप नै सन् १९१७ मा जन्मेको सोभियत संघको पतन सन् १९९१ मा भयो

अमेरिकी शक्ति :

भौगोलिक अवस्थितिका हिसाबले, सधैँ लडाइँ गरिरहने युरोप भन्दा टाढा रहेको संयुक्त राज्य अमेरिका महाशक्तिका रुपमा विश्वभर एकछत्र बन्न पुग्ने मात्र होइन, वाशिङ्गटनको यो प्रभूत्व केही सय वर्ष (कम्तीमा चार सय वर्ष) कायम रहने प्रक्षेपण म्याकिण्डरको थियो

वाशिङ्गटनको शक्तिलाई चुनौति दिएर उसलाई कमजोर पार्ने वा समाप्त पार्ने प्रयास हुने तर ती कुनै प्रयास सफल नहुने त्यसबेलाको रणनीतिक विश्लेषण गएको एक सय वर्ष सम्म सही सावित भएको देखिएको

दोश्रो विश्व युद्ध पछि, समुद्री शक्ति माथि प्रभूत्व, पृथ्वीभरका सामरिक–रणनीतिक क्षेत्रहरुमा पकड खनिज स्रोतमाथि नियन्त्रण, शक्ति संघर्षका प्रमुख आधार बन्न पुगेका थिए झण्डै आधा शताब्दीको प्रत्यक्ष छद् भिडन्तमा अन्तत: एउटा महाशक्ति सोभियत संघ पराजित भयो दोश्रो विश्व युद्धका बेला आफूलाई चुनौति दिन अघि सर्नेहरुलाई समाप्त पारे जस्तै पेण्टागनले पश्चिम एशियामा अर्को प्रतिष्पर्धी महाशक्ति सोभियत संघलाई समाप्त हुन वाध्य पारिदियो

भौगोलिक तथा रणनीतिक अवस्थिति मात्र होइन, अन्यत्रको तुलनामा लामो राजनीतिक स्थायित्व, द्रुत प्राविधिक प्रगति, एकता दूरदर्शिता जस्ता तत्वले समेत काम गरेको , अमेरिकी शक्ति बिस्तारमा

नयाँ रणभूमि :

शीत युद्धको समाप्तिसंगै अन्तर्राष्ट्रिय शक्ति संघर्षको रणभूमि बदलिएको म्याकिण्डरका शब्दमा 'क्रिसेण्ट' तथा क्याप्टेन माहनका शब्दमा 'रिम ल्याण्ड' क्षेत्रमा यी दुबै विश्लेषकले भने जसरी नै वाशिङ्गटनका लागि संभाव्य चुनौति अहिले खडा छन्, चीन भारतका नाममा

रणनीतिक आधारमा 'क्रिसेण्ट' वा 'रिम ल्याण्ड' मा रहेका कुनै पनि शक्ति दीर्घकालीन हुने छैनन् यी 'शक्ति' हरुले पृथ्वीभर प्रभूत्व विस्तार गर्ने अवसर तथा समय दुबै पाउने छैनन् एक सय वर्ष भन्दा अघि गरिएको यस्तो विश्लेषण कहिले, कुन स्तरमा कसरी देखा पर्ने हो, त्यसका लागि पर्खनै पर्ने हुन्छ

यही पृष्ठभूमि बुझेर सोही अनुसार काम गरिराखेको विश्व महाशक्ति आफ्नो स्थिति अझ दरो बनाउन एउटा सानो तर महत्वपूर्ण क्षेत्र नेपालमा आगामी दिनमा झन् प्रभावकारी बन्ने प्रयाशमा अर्कातिर, महाशक्तिको मारवाट बच्न आफू दरो बन्ने प्रयाश 'संभाव्य महाशक्ति' हरुले गरिराखेका 
छन्


सात समुद्रपारीको महाशक्ति र हाम्रा छिमेकीका रुपमा रहेका ठूला शक्तिहरुको यो प्रतिष्पर्धाको मारमा यसबेला हामी परेका हौँ यिनीहरुको प्रभाव दवाव कति तथा कुन स्तरको भन्ने कुराको छनक हामीले गएको तीन वर्षमा पाइसकेका छौँ विस्तृत तथा पूर्ण परिणाम थाहा पाउन कुर्नै पर्ला किनभने भोलिको स्थितिकाबारेमा अग्रिम विश्लेषण गर्ने क्षमता कस्तो थियो भन्ने विगत्ले देखाइसकेको

होइन भने, त्यस्तो क्षमता हुन्थ्यो भने, दक्षिण भारतको वेलिङ्गटनमा रहेको सैन्य तालिम प्रतिष्ठानका वेलायती प्रशिक्षक जेनरल डब्लु. डि. . लेण्टागे (जेनरल 'जो') ले सन् १९५० को अक्टूबरमा देखेको चित्र दिल्लीका शासकले पनि देख्ने थिए सन् १९६२ को मार भोग्नु पर्ने थिएन कि ! त्यस्तै, राष्ट्रिय स्वार्थका लागि रणनीतिक चालमा दूरदृष्टि हुन्थ्यो भने 'एक चीन' भनेर हरेक हप्ता जस्तो कराइराख्नु पर्ने थिएन कि !


3 comments:

  1. मित्र गजुरेल जी
    नमस्कार
    अहिलेको अवस्थामा बिस्व महाशक्तिहरुको को होदवाजिको चपेटामा हामिभएको नाङ्गो यथार्थ हो र तेस्को सटिक बिस्लेसन एक प्राज्ञले गरेर पठाउँनुसमेत भयकोमा आभार सहितको धन्यवाद . स्वमलाई यो १९०४को हालफोर्ड म्याकिण्डर शिदांत भन्ने थाहा थियन, तर , आउदो ३ दशकमा विश्व शक्ति एशिया मा आउछ र सम्बेदनशील भूभागमा नेपाल पर्दछ वन्ने विस्वास गर्दछु . तेस्को यौटा १ प्रकाशित लेख मेरो ब्लग मा मह,अहिम्लाई एउटा चिठीमा छ.

    नरेन्द्रजंग पिटर
    हाल पश्चिम नेपाल
    narendrajungpeter.blogspot.com

    ReplyDelete
  2. महाशक्तिहरू सामरिक शक्तिको आडमा लडन सक्ने स्थिति अहिले छैन । भियतनाम युद्धको ताका नै पनि सोभियत संघ र संयुक्त राज्य अमेरिका एक अर्कोसँग भिडेनन् । म्याकिण्डरको सिद्धान्त अनुरूप आर्क्टिक र हिमालयले छेकेको क्षेत्र पनि अब विकटताको कारणले सुरक्षित रहन सक्दैन भन्ने महाशक्ति हुन उद्यत चिनले बुझेको छ र अर्को महाशक्ति हुन उद्यत भारतको आडमा अमेरिकाले नेपाल बाट आफ्नो क्षेत्रमा गर्न सक्ने हस्तक्षेप रोक्न उसले नेपालमा प्रभाव बढाउन खोजेको हो । नेपाल सधैं नै भारत प्रभाव क्षेत्रमा भएकोले ऊ पनि त्यो प्रभाव कायम राख्न चाहन्छ । यी दुई शक्तिबिचका हामी यो वा ऊ शक्तिको पछुवा भनेर आफसमा आरोप लगाउन मात्र सक्छौं । उखान नै छ — निर्धाले स्वास्नी
    पनि आफ्नी भन्न पाउदैन ।
    पुनश्च — नेपाली पत्रिकामा वरावर आइरहने नरेन्द्रजृग पिटर यिनै हुन्
    भने यस्तो दरिद्रतम नेपाली व्याकरणको आशा मैले गरेको थिइनँ ।

    राम प‍साद दाहाल
    dahalram@gmail.com

    ReplyDelete
  3. Hajurharule youdda ra sakti santulan sochi raheko belama ma chai aba sara sansar nai bhugolbihin simabihin hune sambhawana dekchu. sayed manab sabhyata ko arko charan ma. EU , African Union , hudai hami sima bihin biswa ma baschau ra ahile ko jasto sakti sangharsa sayed tyo ghulmul bhayeko sansar le afai kam gardai jane cha.

    ReplyDelete