Apr 16, 2010

सहमति कि भिडन्तको तयारी ?

दीपक गजुरेल

मुलुकको भावि दृश्य भयावह देखिँदैछ राजनीतिक 'सहमति' गर्ने प्रयाश दिन प्रति दिन क्षीण बन्दै गएको सहमति गर्नेहरु असहमतिका मुद्दाहरु बढाउँदैछन् अन्तरिम संविधानले तोकेको म्याद २०६७ साल जेठ १४ गते नयाँ संविधान नआउने लगभग पक्का जस्तै देखिएको संविधानसभाको आयु समाप्त हुन अब डेढ महिना पनि बाँकी छैन तर मुलुक हाँक्नेहरुमा जिम्मेवारीबोध भएको पाइन्न

तोकिएको समयसीमा भित्र संविधान नआए के हुने ? कानूनी वैधानिकता शक्ति समीकरणका आधारमा हेर्दा आगामी दिन सहज हुने देखिन्न 'सहमति' को राजनीति गर्नेहरुबीच  बढ्दो दूरीले 'दूर्घटना हुने' जस्ता भविष्यवाणी जिम्मेवारहरुवाटै आइराखेको

असहमतिको राजनीति
संविधानसभालाई रबर छापमा परिणत गरिएको प्रमुख भनिने शक्तिहरुबीच अन्यत्र नै 'सहमति' गरेर औपचारिक अनुमोदनका लागि मात्र संविधानसभामा मुद्दाहरु लाने गरिएको वैधानिक रुपमा समाप्त भैसकेको उपराष्ट्रपतिको पुनर्बहालीका लागि प्रमुखहरुबीच सहमति भएर गरिएको संविधान संशोधन पछिल्लो उदाहरण हो, संविधानसभालाई रबर छाप बनाइएको

झिनामसिना वाहियात विषयहरुमा 'सहमति' गर्नेहरु संविधान निर्माणको मूल मुद्दामा चाहिँ झन् भन्दा झन् असहमत भैराखेका छन् माओवादी नागरिक दल (सिभिलियन पार्टी) मा रुपान्तरण भएन भन्ने आरोप संसदवादीहरुले अचेल लगाउन थालेका छन् बन्दूक निजी सेना भएको माओवादीले हिँसा त्यागेर, उसका लडाकूको पूर्ण व्यवस्थापन नभए सम्म नयाँ संविधान जारी हुन सक्तैन भन्ने दावी उनीहरुको माओवादी चाहिँ पहिले संविधान अनि मात्र सेना समायोजनको अडानमा

बन्दूक मतपत्र संगै जान सक्छ भन्ने मान्यतामा दिल्लीमा सम्झौता गरेर यहाँ सम्म आइपुगेका संसदवादी दलहरु यसबेला विचित्रको अडान देखाइराखेका छन् माओवादीसंग बन्दूक सेना रहेसम्म 'सहमति' अघि बढ् नसक्ने मुलुकले 'निकास' पनि नपाउने दावी आफैँमा खोक्रो साबित भैसकेको १२ बुँदे सम्झौता देखि अहिलेसम्म गरिएका सहमतिहरु माओवादीले पालना गरेन, त्यसैले समस्या खडा भएको आरोप काँग्रेस, एमाले लगायतका मतमत्रमा विश्वास गर्नेहरु लगाइराखेका छन्

माओवादीमाथि यसरी आरोप लगाउनेहरु फेरि एकपटक राष्ट्रलाई ढाँट् खोज्दैछन् 'शान्ति प्रक्रिया', 'नयाँ नेपाल' जस्ता नारा दिँदाको बखत पनि माओवादीसंग आफ्नै सेना बन्दूक थियो त्यसबेला माओवादीको बन्दूकलाई 'शान्ति प्रक्रिया' 'लोकतन्त्र' मा बाधक ठानिएन

राजावाट पुनस्र्थापित प्रतिनिधिसभामा माओवादीहरु सांसद मनोनित गरिए, बन्दूक सेना बोकेरै बन्दूक सेना देखाएरै उनीहरुले संविधानसभाको चुनावमा भाग लिए झण्डै बहुमत स्थान प्राप्त गरे सरकारको नेतृत्व समेत गरे विश्वको इतिहासमा कहिँ, कतै, कहिल्यै नभएको 'चमत्कार' गर्छौँ हामी भन्दै दूरगामी नकारात्मक असर पर्ने राष्ट्रिय महत्वका ठूला ठूला निर्णयहरु गरिए नेपाल राष्ट्र यहाँका नागरिकलाई प्रयोगशालाको रुपमा उपयोग गरियो यी सबै काम गर्दा मतपत्र बन्दूकमा भिन्नता देखिएन, दुबै संगै मिलेर जान्छन् भन्ने दावी गरियो

स्थिति पहिला देखि नै प्रष्ट थियो संसदवादीहरुले यसबेला देखाउने गरेको अवस्था अहिले सिर्जना भएको होइन माओवादीले आफ्नो आधिकारिक दस्ताबेज, भाषण, लेख, अन्तर्वार्ता आदि मार्फत दिल्लीमा गरिएको १२ बुँदे सम्झौता अघि जे–जे भन्ने गरेका थिए, आज पनि त्यही भन्दै छन् त्यही गर्दैछन् 'शान्ति प्रक्रिया' मा आएपछि पनि माओवादीले आफ्नो नीति, रणनीति लक्ष्य परिवर्तन गरेको छैन

मतपत्रको माध्यमवाट, प्रजातान्त्रिक प्रक्रिया अपनाएर सत्तामा जान्छु भनेर माओवादीले उसबेला पनि भनेको थिएन, बीचमा पनि भनेन आज पनि भनिराखेको छैन औपचारिक दस्ताबेजमा मात्र होइन, भाषणमा समेत छैन, प्रजातान्त्रिक प्रणाली अपनाउने प्रतिवद्धता  

दृश्य यस्तो प्रष्ट हुँदा हुँदै पनि मतपत्रमा विश्वास गर्नेहरुले गएको झण्डै चार वर्षमा जे जे गरे, त्यसको परिणाम आज राष्ट्रले भोग्नुपरेको , अन्यौल, त्रास, आशंकाका रुपमा लोकतन्त्रवादीहरुले माओवादीलाई लक्षित गरेर जे भन्दैछन् यसबेला, त्यो सही हो भने यिनीहरुले २०६२ सालदेखि आजसम्म गरेका सबै काम गलत हुन् यदि त्यसबेला गरेका काम ठीक हुन् भने अहिलेको आरोप तथा शैली गलत हुन् जुनसुकै अवस्थामा पनि 'लोकतन्त्रवादी' हरुले राष्ट्र नेपाली नागरिकलाई ढाँटेका हुन्  भन्ने प्रमाणित भएको आज

'आतङ्ककारीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको' दावी केही समय अघिसम्म गरिएको थियो तर अहिले आफूले चाहे जस्तो नहुने परिस्थिति बन्दै गएपछि दोष अर्का माथि थोपर्ने प्रयाश गरिँदैछ 'शान्ति प्रक्रिया' मा आएपछि हिँसा त्यागेर माओवादी मूलधारको राजनीतिमा आउनेछ भन्ने त्यसबेला गरिएको 'विश्वास' अहिले हराएको व्याख्या गराइँदैछ एक कोणवाट यो अवस्थामा पनि संसदवादीहरुमा दूरदृष्टि नभएको स्पष्ट हुन्छ आफूले चालेको कुनै संवेदनशील कदम १–२ वर्ष पछि कहाँ पुग्छ, कस्तो परिणाम आउँछ भन्ने आँकलन गर्न नसक्ने देखिए हाम्रा नेताहरु

भिडन्तको तयारी ?
संविधान बनाएर मुलुकमा शान्ति स्थायित्व प्रदान गर्ने दिशामा सम्बन्धितहरु अग्रसर भैराखेका छैनन् बरु भिडन्तको तयारी भैराखेको आभाष पाइँदैछ अहिले संविधानसभामा सबै भन्दा ठूलो भएर पनि विपक्षमा बस्नु परेको अवस्थामा रहेको माओवादीले हिजोआज 'तीन धक्का' को रणनीति अगाडि सारेको २२ दलको समर्थनमा रहेको वर्तमान सरकारलाई अपदस्त गरी 'सत्ता कब्जा' गर्ने उसको घोषित लक्ष्य बन्दूक चलाइहाल्ने कुरा माओवादीले सार्वजनिक रुपमा भनेको छैन 'लाखौँ जनताले विद्रोह गरी कठपुतली, राष्ट्रघाती सरकारलाई विस्थापित गरी जनताको सत्ता स्थापना गर्ने' घोषणा माओवादीले गरिसकेको

आफूलाई मन नपरेको सत्तालाई शान्तिपूर्ण आन्दोलनको माध्यमवाट समाप्त पारी आफ्नो सत्ता स्थापना गर्न पाउनु जनताको अधिकार हो, 'लोकतान्त्रिक' प्रणालीमा यही मान्यताका आधारमा विगत्मा एक पटक भन्दा बढी नेपालमा सत्ता परिवर्तन भैसकेका छन् यो पृष्ठभूमिमा माओवादीले अचेल भन्ने गरे जसरी लाखौँ जनताले विद्रोह वा आन्दोलन गर्ने अधिकार संभावनालाई नकार्न सकिन्न यदि त्यस्तो स्थिति सिर्जना भयो भने हाम्रा 'लोकतान्त्रिक' नेताहरुले कुन सहाराको शरण लिनुपर्ने हो, अहित्यै भन्न सकिन्न

यहाँ 'जनआन्दोलन–२' को प्रशंगको उल्लेख सान्दर्भिक होला संसदवादी दलहरुले राजाको शासन विरुद्ध आन्दोलन गरिरहेको एक समय 'विशाल जुलुस' 'विशाल आमसभा' चलिरहँदा काठमाडौँको रत्नपार्कमा 'ट्राफिक जाम' समेत हुन नसकेको अवस्था धेरैलाई सम्झना हुनुपर्छ १२ बुँदै दिल्ली सम्झौताको लगत्तै 'पचासौँ लाख जनता' सडकमा ओर्लनुको पछाडिको रहश्य अबसम्म कतिपयलाई प्रष्ट भैसकेको हुनुपर्छ

'शान्ति प्रक्रिया' मा प्रवेश गरेदेखि माओवादीको स्वर शैली क्रमश: उग्रवाट उग्रतम् बन्दै गएको संसदवादी, राजावादी, नेपाली सेना लगायत नेपाल भित्रका देखिने जति सबै शक्तिहरु माओवादीका शत्रु बनेका छन् देश बाहिर हेर्दा, नेपाली राजनीतिमा प्रभाव पार्न सक्ने भारत अमेरिका माओवादीका शत्रु बनेकै छन् चीनले माओवादीलाई विश्वास गरिहालेको अवस्था देखिन्न यसरी, सबै शक्तिहरुले शत्रुका रुपमा लिएर व्यवहार गरिराख्दा पनि माओवादीको आक्रामक व्यवहार शैली कम हुनुको साटो झन् बढ्दै जानु किन, कसरी के आडमा ? यही प्रश्नको उत्तरमा अहिलेका सबै समस्याको जड निहित

' ... तर पछि बच्चाले माउ मान्दिएन अहिलेको समस्या यही हो' भनेर प्रमुख दलका एकजना ठूलै नेताले भर्खरै गरेको रहश्योद्घाटनले परिस्थिति बुझ् केही मद्दत गर्न सक्छ

No comments:

Post a Comment