Mar 12, 2010

'नयाँ नेपाल' निर्माणमा कसले बाधा पुर्‍यायो ?


दीपक गजुरेल

आम नेपाली नागरिकमा निराशा बढ्दैछ शान्ति सुरक्षको अभावमा सर्वसाधारण त्राहिमाम् छन् महंगी, अव्यवस्था, अराजकताले मुलुक आक्रान्त बनेको यो अवस्थामा सुधारको कुनै संकेत देखिएको छैन

अर्थतन्त्र संकटमा भनेर विशेषज्ञहरु भन्दैछन् उद्योग–धन्दा, व्यापार लगभग धराशायी बनाइएका छन् 'जनताको शासन' स्थापना गर्ने नाममा गरिएको 'युद्ध' ले नेपाली उद्योगहरु थला परेका थिए 'लोकतन्त्र' को नाममा विगत् केही वर्ष देखि चलाइएको अव्यवस्थाले उद्योग क्षेत्र झनै चौपट भएको कुरा हालै सार्वजनिक भयो निर्यातजन्य उत्पादन गर्ने मध्ये ८० प्रतिशत नेपाली उद्योग यो अवधिमा बन्द भए भन्ने आंकडा सार्वजनिक जानकारीमा आएको यसको असर मुलुकको विकास भुक्तानी सन्तुलनमा मात्र होइन, रोजगारी देखि शान्ति सुरक्षा सम्मको क्षेत्रमा नकारात्मक ढंगले परेको

यो गंभीर समस्या प्रति सम्बन्धितहरुको ध्यान गएको देखिन्न राष्ट्रलाई दूरगामी असर पर्ने गलत कामहरु उद्योग क्षेत्रमा मात्र गरिएका छैनन् शिक्षा, स्वास्थ्य, यातायात, सार्वजनिक सेवा, राज्यले नागरिकलाई उपलब्ध गराउनु पर्ने वस्तु सेवा क्षेत्र लगायत कुनै पनि पक्ष सही ढंगले चलेका छैनन् यसको प्रत्यक्ष असर सर्वसाधारण नागरिकको दैनिक जीवन यापनमा परेको

'नयाँ नेपाल' वनाउने नाराको आडमा गरिएका कामहरुको मारमा राष्ट्र नागरिक परेका छन् जनताको सर्वोच्चता भएको शासन प्रणली आएपछि आफ्नो भलो हुन्छ, सुख पाइन्छ, राष्ट्रको विकास हुन्छ भन्ने आशा गरेर नेताहरुले दिएका नारामा हैंसे गरेका आम नागरिक बिस्तारै निराश बन्दै गएका छन् 'अव अति भयो, शान्ति स्थिरता आउने भएन, जनताले अझ कति दु: भोग्नु पर्ने हो' भन्ने आजित मनस्थिति दिन प्रति दिन बढ्दो

सत्तामा वा सत्ताको नजिक रहेकाहरु बाहेक हरेक पेशा, वर्ग क्षेत्रका मानिसमा आशा मर्दै गएको प्रष्ट देखिन थालेको तर देशलाई सही वाटोमा डोर्याउने जिम्मेवारी बोकेकाहरु नागरिकका चाहना पीडा प्रति पटक्कै ध्यान दिइराखेका छैनन् मुलुक झन् भन्दा झन् अव्यवस्था जराजकतामा जाकिंदैछ

अव्यवस्थाका नमूना :
राज्यले गर्नु पर्ने आधारभूत कर्तव्य समेत निर्वाह भैराखेको छैन शहर–बजार, गाउँ–घर सबै ठाउँमा सबै पेशा तथा क्षेत्रमा बन्दूकको रजाइँ चलेको दिउँसै गोली ठोकेर नागरिक मारिँदा राज्य आफ्नो आधारभूत कर्तव्य समेत निर्वाह गरिराखेको छैन लुट, कब्जा, धम्की, अपहरण, हत्या नियमित नियति बनेको , नेपालीका लागि

आफूले गरेका प्रतिवद्धता राज्यका निकायहरुले पूरा गरिराखेका छैनन् न्यूनतम् कर्तव्य समेतवाट राज्य च्यूत भएको पुष्टि गर्न अनेक उदाहरण आवश्यक छैन, आम नागरिकले दैनिक भोग्नु परिराखेका कठिनाइ त्रास अनि आतंकवाट नै यथार्थ प्रमाणित

अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुरुप नेपाल राष्ट्रले समयमा काम नगरेको परिणामस्वरुप आउने अप्रिल एक तारिख देखि नेपाली पासपोर्ट बोक्नेले विदेश भ्रमण गर्न नपाउने स्थिति सिर्जना हुँदैछ पाँच वर्ष अघि आइकाओले गरेको निर्णय अनुसार त्यसबेलाको सरकारले निर्णय गरिसकेको नयाँ प्रविधिको पासपोर्ट बनाउन लोकतान्त्रिक नेपालको सरकारले आज सम्म सकेको छैन अवको डेढ महिनापछि अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्दा नेपालीले भोग्नु पर्नु परिस्थितिप्रति अहिले सम्म गंभीरता देखिन्न 'जनताको शासन' भन्ने गरिएको राज्य व्यवस्थामा यस्तो स्थिति आउनु भनेको राज्यका सञ्चालकहरु असफल हुनु हो पासपोर्टको सन्दर्भले विश्वमञ्चमा नेपालको प्रतिष्ठामा पुग्न जाने नकारात्मक असरवारे सोचिएको पाइएन

मुलुकलाई नयाँ संविधान दिने 'सहमति' मा अर्को किचलो शुरु गरिएको २०६७ साल जेठ १४ गते जारी गरिनु पर्ने संविधान समयमा बन्न नसक्ने धारणा 'सहमति' गर्नेहरुवाटै आउन थालेको दुई वर्षमा नयाँ संविधान बनाएर जारी गर्ने प्रतिवद्धता जनता समक्ष गरिएको थियो त्यसै आधारमा नेपाली नागरिकले आफ्नो अधिकार मतपत्र मार्फत आफ्ना प्रतिनिधिहरुलाई सुम्पेका हुन् त्यो जनमतको अधिकार हाम्रा प्रतिनिधिहरुलाई आगामी जेठ १४ गते सम्मका लागि मात्र प्राप्त भएको हो

तर स्थिति अहिले फरक ढंगले अगाडि बढाउन खोजिँदैछ अन्तरिम संविधानले तोकेको जनमतवाट प्राप्त अधिकार अनुरुपको समयमा संविधान नबन्ने भएकाले त्यो म्याद बढाउने कसरत शुरु गरिएको शक्तिको बलमा संविधान संशोधन गरेर नयाँ संविधान बनाएर जारी गर्ने म्याद वर्ष, दुई वर्ष वा पाँच वर्ष थप्न सक्लान्, अहिले मुलुकको डाडू पन्यू चलाउनेहरुले तर त्यो प्रजातन्त्रको उपहास हुनेछ एकपटक, निश्चित अवधिका लागि प्राप्त जनमतको अधिकार आफूलाई मन लागे सम्मका लागि वढाउनु भनेको प्रजातान्त्रिक अभ्यास होइन त्यो तानाशाही, अधिनायकवादी चरित्र हो

अवको तीन महिनामा नयाँ संविधान बनेर जारी भएन भने अहिले मुलुक हाँक्नेहरु असफल भएको ठहरिने २०४७ सालको संविधान खारेजी, अन्तरिम संविधान घोषणा, प्रतिनिधि सभा विघटन, नयाँ व्यवस्थापिकाको गठन जस्ता महिनौँ लाग्नुपर्ने महत्वपूर्ण राष्ट्रलाई दूरगामी प्रभाव पार्ने कामहरु हाम्रा नेताहरुले एकै रातमा एकै पटक गरेका थिए त्यसबेलाको 'सहमति' एकता अपूर्व थियो

तर विडम्बना, नयाँ संविधान बनाउने विषयमा चाहिँ एउटा सिन्को सम्म भाँचिएको छैन, झण्डै दुई वर्षको अवधिमा संविधानमा राखिनुपर्ने आधारभूत विषयहरुमा 'सहमति' परै जाओस्, ठोस् छलफल समेत गरिएको छैन, जिम्मेवारहरुबीच दुई वर्ष सम्म ठोस काम नगरी जनताले तिरेको करवाट तलव भत्ता खाएर बस्ने 'जनताका प्रतिनिधि' हरुले अवको सय दिनमा सर्वसम्मत संविधान लेख्लान् भन्ने आशा समेत अव रहेन यस अर्थमा 'नयाँ नेपाल' बनाउने नारा दिने लोकतन्त्रवादी, गणतन्त्रवादी, क्रान्तिकारी लगायत् सबै असफल भएको पुष्टि भएको

कसले बाधा पुर्यायो ?
चुनावका बेला जनतालाई दिइएको बचन अनुरुप तोकिएको समयमा नयाँ संविधान बन्न नसक्ने अवस्था किन सिर्जना भयो ? कसले बाधा, अवरोध पुर्यायो ? यी प्रश्नको जवाफमा उसबेला 'सहमति' मा काम गर्ने बाचा गर्नेहरु यसबेला एक अर्का प्रति चोर औँला ठड्याउँदैछन्

संसदवादीहरु माओवादीलाई दोष दिन्छन् भने माओवादी संसदवादी दल तिनका नेतालाई बाधक ठहर्याउँदैछन् नेताले दिएको नारामा विश्वास गर्ने स्मरण शक्ति अलि कमजोर भएका संगठनका कार्यकर्ताले आफ्ना नेताका कुरा पत्याउलान् तर आम नागरिक पत्याउन तयार छैन, एक अर्का विरुद्ध लगाउने आरोप प्रत्यारोपका यिनका तर्क

प्रश्न सोझो प्रष्ट : जनमतवाट अनुमोदित यथार्थमा मुलुकका सर्वेसर्वा अचेल प्रमुख भन्ने गरिएकाहरुलाई कसले रोक्यो उपयुक्त समयमा सही काम गर्न ?

१०४ वर्ष सम्म राणा शासन थियो नेपालमा राणाहरुले देशको हित गरेनन् २००७ साल पछि प्रजातन्त्र आयो शासन सत्ता जनताको हातमा रहेको त्यो समयमा 'जनताका प्रतिनिधि' हरुले केही गरेनन्, मुलुक जनताका लागि २०४७ साल पछिका वर्षहरुमा यिनीहरुले धेरै गर्न सक्थे, तर केही गरेनन्, आफ्ना निहित स्वार्थ पूरा गर्न मुलुकलाई लुट्नु बाहेक

आफूले केही नगरेकोमा दोष अरुमाथि थोपर्ने प्रवृत्तिले चाहिँ काम गर्यो त्यस समयमा पनि 'हामीले गर्न चाहेको हो, तर राजाले गर्न दिएनन्' भन्ने गरियो एक समय आफ्ना असफलता अकर्मन्यता लुकाउन राजा अन्यमाथि दोष थोपरिएका अनेकौँ उदाहरण छन्

'राजाले देश बनाएनन्, राजाले केही गर्न दिएनन्' राजनीतिक सिद्धान्त नाराका आधारमा मुलुक बनाउँछु भन्नेहरुका यी आरोप स्वीकार गर्न सकिन्छ तर यी आरोप स्वीकार गरेर राजनीतिक नेताहरुलाई विश्वास गर्नु अघि राष्ट्रले जवाफ पाउनु पर्छ : यसबेला कसले रोक्यो ? कसले बाधा पर्यायो ? झण्डै चार वर्ष अघि, २०६३ साल बैशाख ११ गते यताका वर्षहरुमा १२ बुँदे सम्झौतामा हस्ताक्षर गर्ने त्यसपछि विभिन्न आन्दोलनले जन्माएकाहरुलाई 'नयाँ नेपाल' बनाउन कसले, कसरी कहाँ बाधा पुर्याएको ?

यो प्रश्नको चित्त बुझ्दो जवाफ हाम्रा नेताहरुसँग छैन त्यसैले उनीहरु एक अर्कातिर चोर औँला ठड्याउँछन् यो औँला ठड्याइ उनीहरुको असफलताको प्रमाण मात्र हो यिनले मुलुक राम्रो बनाउन के, भएको मुलुकलाई नबिगारिकन चलाउन पनि सक्तैनन् भन्ने कुरा एकपटक फेरि प्रमाणित भएको यो यथार्थ ढिलो चाँडो स्वयम् स्वीकार गर्नु पर्ने दिन अव धेरै टाढा नहोला

राजधानी दैनिकमा प्रकाशित, बुधबार, फागुन ०५, २०६६ (फेब्रुअरी १७, २०१०)

No comments:

Post a Comment