May 12, 2010

राजनीतिक समस्याको जरो


दीपक गजुरेल

नेपालको आन्तरिक राजनीति झन् जटिलता तर्फ बढ्दै गर्दा विदेशीहरुको गतिविधि व्यापक रुपमा भैराखेको नेपाल प्रति चासो राख्ने आ–आफ्नो स्वार्थ पूरा गर्न चाहने महाशक्ति देखि क्षेत्रीय शक्ति राष्ट्रहरु निकै सक्रिय भएका छन्, यसबेला 'नेपालमा शान्ति स्थिरताका लागि' भनेर नेपालका छिमेकी चीन भारत, विश्व महाशक्ति अमेरिका, अनि यूरोपियन युनियन सम्बद्ध राष्ट्र लगायत अन्य समेत अहिले निकै दौडधुप गरिराखेका छन्

नेपालको आन्तरिक मामलामा विदेशीहरुको 'चलखेल' बढ्यो, यो हाम्रा लागि राम्रो होइन भन्ने धारणा एकथरीको आएको विदेशीले टाढा बसेर हामीले चाहेको सहयोग गर्ने मात्र हो, निर्णय हामीले नै गर्ने हो भन्ने धारणा एकातिर आएको भने कूटनीतिका विज्ञहरु अहिले चलिराखेको कूटनीतिक प्रक्रिया अमर्यादित भएको बताउँदै छन् वास्तबमा, आफ्नो निहित चाहना अनुरुप कुनै काम हुँदा वा नहुँदा आउने प्रतिक्रिया मात्र हुन्, यी बिचार, अहिलेको सन्दर्भमा

समस्याको जरो
'सहमति' को राजनीति गर्नेहरुबीच अलि अघि देखि नै देखापरेको अहिले अझ तीव्र बनेको शत्रुता भिडन्तको वर्तमान अवस्थामा विदेशीहरुले सक्रियता बढाउनु स्वभाविक हो आफ्नो राष्ट्रको हितलाई भन्दा पराइको स्वार्थ अनुरुप चल्ने परिपाटी बसालिए पछि विदेशीहरुले यसो गर, यसो नगर भनेर दवाव दिनु स्वभाविक मात्र होइन, नेपालको वर्तमान सन्दर्भमा अनिवार्य रुपमा निम्त्याइएको परिस्थिति हो

नयाँ संविधान निर्माण गरी जारी गर्नुपर्ने अन्तिम समयमा पछाडि फर्कन नसक्ने गरी भिडन्तमा गएका छन् 'शान्ति प्रक्रियाका मित्रहरु' संविधान कहिले कसरी बन्ने हो भन्ने विषयलाई पूरै ओझेलमा पारिएको एउटाले अर्कोलाई सिध्याउने रणनीतिमा लागेका देखिँदैछन् संसदवादी दलहरु माओवादी यिनीहरु अहिले हिँडिराखेको बाटो यिनीहरुले अपनाएको शैली हेर्दा यतिञ्जेलको मित्रता कृत्रिम तथा प्रायोजित थियो भन्ने प्रष्ट भएको

'सहमति' एउटा निश्चित बिन्दूसम्म कायम रह्यो प्रारम्भिक चरण लगभग सजिलै अघि बढ्यो मूल रुपमा संविधानसभाको चुनाव पछि समस्या शुरु भएको हो संसदवादी माओवादी आफैँले स्वनिर्णयका आधारमा काम नगरेकाले समस्या खाडा भएको हो विदेशीको योजना मुताविक उनीहरुकै निर्देशनमा काम गरे, यी दुबै पक्षले आरम्भदेखि नै अहिले विवाद, गतिरोध भिडन्त उग्र हुनुको मूल कारण भारतको पूर्वयोजना अनुसार प्रक्रिया अघि नबढ्नु स्थिति फरक ढंगमा देखा पर्नु हो

सहमतिका लागि अहिले भैराखेको भनिएका प्रयास वार्ताहरु नेपाली नागरिकहरुलाई अलमल्याउने चाल मात्र हुन् यथार्थ चाहिँ विदेशीहरुको निर्देशन तथा दवाव फरक फरक ढंगले परस्पर विरोधी रुपमा आउन थाल्नु हो विदेशीको निर्देशन योजना अनुसार उनीहरुकै भूमि दूताबासमा गएर वार्ता सम्झौता गरेका हुन् हाम्रा नेताहरुले अहिले पनि त्यो प्रवृत्ति जारी त्यसैले 'यिनीहरुलाई केही लोभ देखाइदियो भने जे पनि गराउन सकिन्छ' भन्ने मान्यताका आधारमा बाहिरिया शक्तिहरु अहिले काम गरिराखेका छन्

परिस्थिति फेरियो
विश्व शक्ति समीकरणका प्रभावशाली शक्तिहरु मध्ये केहीले भारत निर्देशित १२ बुँदे सम्झौताप्रति त्यसैबेला असन्तुष्टि व्यक्त गरेका हुन् यथार्थमा आधारित त्यो बिचारलाई बेवास्ता गरेर नेपाली 'लोकतन्त्रवादी' हरु मनपरी ढंगले अघि बढे, जथाभावी कामहरु गरे अन्तत: दिल्ली सम्झौताका दुबै पक्ष क्रमैसंग नराम्रो गरी फँस्न पुगे, जटिलतामा त्यसकै परिणाम हो अहिलेको स्थिति

नेपालमा 'अभूतपूर्व' 'चमत्कारपूर्ण' कामहरु भैरहँदा चीन लगायत केही सरोकारवाला चुप लागेर परिस्थितिको मूल्याङ्कन गरेर बसे, १२ बुँदे सहमति पछिको समयमा खास गरी चीन अमेरिका नेपालमा राजनीति कसरी अघि बढाइँदोरहेछ भनी हेरेर तथा मूल्याङ्कन गरेर बसे यो अवधिमा चीनले आफूलाई नकारात्मक असर पर्ने प्रष्ट आधारहरु देख्यो भारतको योजना अनुरुपको यो प्रक्रियालाई अझ अघि बढ् दिइएको खण्डमा चीनको स्वार्थमा खतरा आइलाग्ने देख्यो, बेइजिङ्गले त्यसैले बेइजिङ्ग यो प्रक्रिया अब अघि बढ् पूर्व निर्धारित टुङ्गोमा नपुगोस् भन्ने चाहन्छ यो स्वभाविक पनि , किनभने, भारतले आफ्नो स्वार्थका लागि मनपरी गरेको नेपालमा अर्को छिमेकी चीनले आफूमाथि आइलाग्न सक्ने खतरा देखेपछि आफू जोगिने चाहना राखेर सोही अनुरुप प्रयत्न गर्नु स्वभाविक हो

चार वर्षको यो अवधिमा विश्वास गर्न योग्य कुनै राजनीतिक शक्ति चीनले नेपालमा फेला पार्न सकेन भन्ने चीनका हालका प्रतिक्रियाले प्रष्ट पारेका छन्

अमेरिकाले पनि आफ्नो चाहना अनुसारको परिस्थिति नेपालमा निर्माण हुन नसक्ने देखिसक्यो त्यसैले चीन अमेरिका, शायद अरु शक्ति पनि, भारतीय योजना अनुरुप नेपालको राजनीति अघि नबढोस् भन्ने चाहना राख्छन् भन्ने अब बिस्तारै प्रष्ट हुँदैगएको

भारतको योजना मुताविक नेपाल अघि जाँदा चीन अमेरिका दुबैलाई स्वीकार्य हुँदैन संविधानसभाको चुनावको मतदान आरम्भ भएको केही घण्टामै 'निर्वाचन स्वतन्त्र तथा निश्पक्ष' भएको टिप्पणी आएको कुरा यतिबेला सम्झनु सान्दर्भिक हुन्छ नेपालको भूराजनीतिक अवस्था, अन्तर्राष्ट्रिय शक्ति समीकरण बदलिएको क्षेत्रीय परिस्थितिका हिसाबले यो अवस्था निर्माण भएको हो

तर नेपालमा चीन, अमेरिका भारतको स्वार्थ परस्पर विरोधी छन् चीनको मुख्य चासो भनेको उसको सुरक्षा हो, खास गरी नेपाली सीमासंग जोडिएको तिब्बत चीनको लागि गम्भीर चासोको पक्ष हो बितेको चार वर्षको अवधिमा नेपाली भूमिमा नेपाली भूमि भएर चीन विरुद्ध जे जस्ता कामहरु भैराखेका छन्, त्यसप्रति चीन सतर्क हुनु जरुरी थियो, अहिले देखिएको नेपाली परिदृश्य त्यही सतर्कताको परिणामको एउटा अंश हो

ठीक त्यस्तै स्थिति अमेरिकाको सन्दर्भमा लागू भैराखेको अहिले दिल्ली सम्झौताले नेपाललाई हानी गर्छ है भनेर उसैबेला जनाउ दिएको अमेरिकाले यसबेला कस्तो भूमिका निर्वाह गरिराखेको भन्ने सहजै अनुमान गर्न सकिन्छ त्यसैले, उसबेला भारतको योजना अनुसार हिँड्ने नेपालका राजनीतिक शक्तिहरु मध्ये केहीलाई भारत बाहेकका बाहिरी शक्तिले निर्देशन दवाव दिन थाले पछि हाम्रा नेताहरु अप्ठ्यारोमा परेका हुन् एउटालाई भारतले बोक्ने चालू 'शान्ति प्रक्रिया' लाई दिल्लीको योजना मुताविक टुङ्गोमा पुर्याउने प्रयास भैराखेको भारतले नै शक्तिशाली बनाइदिएको अर्कालाई भारत बाहेकका शक्तिले बोक्ने आफ्ना योजना मुताविक हिँडाउन थालेपछि यो जटिलता उत्पन्न भएको हो

यही अदृश्य तर निश्चित शक्ति संघर्षका कारण भारतले शुरु गराएको १२ बुँदे सम्झौता देखिको 'शान्ति प्रक्रिया' मा चल्ने नेपाली संसदवादी माओवादीहरु अहिले एक अर्काको पोल खोल्न थालेका छन् 'ब्ल्याकमेल' को राजनीति शुरु भएको यो प्रक्रिया यहिँ रोकिने संभावना छै्रन, यसले भारत लगायत अन्य कतिपयको 'दुख्ने नशा' थिचिदिने खतरा बढ्दै गएको यतातिर सम्बन्धितहरुले गम्भीरतापूर्वक ध्यान दिएनन् भने भोलिको दृश्य सोचिएको भन्दा भयावह हुन सक्छ

भारत बाहेकका बाहिरी शक्तिहरु नेपालमा यति सशक्त रुपमा अघि बढ्का छन् यसबेला कि भारतको एकाधिकारमा धक्का लागेको , अहिले चीनले हालै 'नेपालमा शान्ति तथा स्थिरता भएन भने त्यसको असर क्षेत्रीय शान्ति तथा स्थिरतामा पर्नेछ' भनेर भारतलाई स्पष्ट सन्देश दिएको , अब सकियो नेपालमा तिम्रो हालीमुहाली भनेर ।

नेपालमा मात्र होइन, विगत् केही समय यता चीनले दक्षिण एशियाली क्षेत्रमा बिस्तार गरिराखेको बलियो उपस्थितिले पनि चार बर्ष अघिको भारतीय नेपाल योजनामा धक्का लाग्ने संकेत देखिएकै हो त्यसैले अब नेपालीले मात्र होइन, नेपाल राष्ट्र तथा नेपाली नागरिकको चाहनालाई बेवास्ता गर्दै केहीलाई हातमा लिएर नेपालमा मनपरी गर्नेहरुले समेत होस् पुर्याउनु श्रेयष्कर हुनेछ


2 comments:

  1. what to say more than this. even the name is quoted and explained clearly. it may be the first time in nepali media. well done.

    ReplyDelete
  2. Kaile po Ghateko chhara. Kaile India ko ta kaile china ko, kaile amerika ko ta kaile european union ko, tesaile aaba sabai nepali yek jut hunu parne ra antim ladai ladnu parne bela bhayeko chha

    ReplyDelete