Jan 22, 2012

काइदाको चुटकिला !


प्रतिपक्षी एउटा ठूलो दलका एकजना नेताले माघ ८ गते व्यवस्थापिका-संसदमा भनेछन्‍ 
'... माओवादीले मुठभेड खोजेको हो ?

'क्या काइदाको चुटकिला !

माओवादीले मुठभेड कोसँग गर्ने ?
बन्दूकविहिन सँसदवादीहरुले निजी सेना र बन्दूक सहितको माओवादीसँग मुठभेड (भिडन्त) गर्ने ?

जवाफ हाजिर छ:
१. माओवादीसँग निजी सेनाको बथान र बन्दूकको चाङ्ग छ ।

२. सरकारमा हालीमुहाली रहेकाले राष्ट्रिय सेना पनि प्रकारान्तरले माओवादीकै अधिनमा छ । र माओवादी अघि जस्तो सजिलै सरकार छाडेर हिँड्‍नेवाला देखिन्न ।

३. सँसदवादीहरुसँग यसबेला बन्दूक मात्र नभएको होइन, यिनीहरु राजनीतिक तथा नैतिक रुपमा पनि लगभग समाप्त भैसकेका छन्‍ ।

४. 'जनशक्ति' का बलमा माओवादीसँग भिड्‍ने कल्पना सँसदवादीहरुको हो भने २०६२-६३ को 'जनआन्दोलन' मा 'लाखौँको जनसागर' माओवादीले नै भेला पारिदिएको थियो भन्ने त दुबै पक्षले स्वीकारिसकेकै हुन्‍ । 'जनसागर ओराल्ने' सँसदवादीको हुँकारमा कति दम थियो र छ भन्ने त सम्बन्धितहरुले राम्रै बुझेको हुनुपर्छ ।

५. राजनीतिक, आर्थिक, बाहुबल, हतियारको तागत र तर्क शक्तिका हिसाबले गाउँ, टोल, शहर, नगर, महानगर, देशै भरी माओवादीका अगाडि 'अरु' रुझेको मुसोको हैसियतमा छन्‍ भन्ने कत्तिको बुझेका छन्‍ कुन्नी 'मुठभेड' को कुरा गर्नेले ?

यति बुझ्‍दा-बुझ्‍दै पनि मुठभेड गर्ने वा भिडन्तको हाँक दिने रहर भए एक फेरा कोशिश गरे हुन्छ । परिणाम 'जे त होला' !

No comments:

Post a Comment