अरुण बराल
अरुण बराल |
झनै पातलो भएको छ । सानो देश, विज्ञापन आउने एउटै ठाउँ र पाठकहरु उही छन् । तर, पत्रपत्रिका निकाल्ने होडबाजी अझै रोकिएको छैन । हिजो ६०१ सभासदको चर्चा थियो हामीकहाँ त्यो भन्दा धेरै पत्रिका छन्, सबैलाई पाल्नुपर्ने पाठक, व्यापारी र सरकारी कार्यालयहरुले नै हो । कान्तिपुर दैनिक फुटेपछि अर्काे पत्रिका पक्कै थपिएला । औद्योगिक हिसावले पत्रकारिता घाटाको बिजनेश बनेको छ , तैपनि बिजनेशम्यान थपिइरहेका छन् । यसमा के नशा छ कुन्नि एकपटक मिडियामा लगानी गरेको साहु, घाटा परेर जुत्ता कारखानामा लगानी गर्न जाँदैन, अर्काे टेलिभिजन खोल्छ । कर्मचारी र रिपोर्टरलाई ३ महिनासम्म तलबै नदिए पनि हुन्छ भन्ने मान्यता मिडिया क्षेत्रमा जवरजस्ती स्थापित भएको छ । मिडियाबाहेकका अन्य उद्योगमा महिनैपिच्छे तलब पाउनु वा महिना नमर्दै आवश्यकता अनुसार पेश्की पाउनु मजदुरको अधिकार मानिन्छ, तर मिडिया मजदुरको अवस्था मध्ययूगीन छ ।
२. राम्रा पत्रकारहरु यतिबेला बेरोजगार बन्न थालेका छन् । नारायण वाग्ले, खेम भण्डारीजस्ता पत्रकार यतिबेला भूमिकाविहीन बनेका छन् । युवराज घिमिरेजस्तो प्रतिभाले राम्रो प्लेटर्फम नपाउँदा आफ्ना विचार श्यामश्वेत साप्ताहिकमा पोख्न बाध्य हुनुपरेको छ । मिडिया उद्योग घाटामा गएपछि पत्रकारिता छाडेर अन्य पेशा अपनाउनुपर्ने स्थिति देखा पर्न थालेको छ । र, यो विस्थापन एवं पेशा परिवर्तनको क्रम अझै बढ्ने देखिन्छ ।
३. देशमा पत्रकारिता पढाउने र बेरोजगार उत्पादन गर्ने कलेजहरु बाक्लै खुलेका छन् । तिनले आफू पैसा कमाउनका लागि धमाधम नयाँ पत्रकार उत्पादन गरेका गर्यै छन्, भएकै पत्रकारहरु मुलुकलाई धेरै हुन थालेका बेला नयाँ प्रोडक्ट बजार नपाएर कुहिने निश्चित छ ।
४. पत्रिका, टिभी र रेडियोहरु घाटामा जान थालेपछि लेखक र विश्लेषकहरुले पनि पैसा कम पाउने गरेका छन्, जसले गर्दा मिडियामा लेख्ने जाागर मानिसहरुमा घट्दै गएको छ । कतिपय टिभीमा बोल्न झिकाइएको अतिथिले पाउने पारिश्रमिक समेत बिचरो रिपोर्टर आफैंले खान्छ ।
६.. कतिपय साधा पत्रिकाका सम्पादकले आफ्नो चरित्र फेर्न नसक्दा समाजको अगुवा हैन, 'हगुवा' -शब्दका लागि माफ गर्नुहोला) जस्तो बन्न थालेका छन् र उनीहरुले देशलाई बनाउने हैन, बिगार्ने कार्यमा मद्दत पुर्याइरहेका छन् । लोकतन्त्रमा मिडियाको भूमिका कस्तो हुनुपर्ने हो, उनीहरुलाई मतलब छैन । काठमाडौंमा बसेर देशकै डिंग हाँकिरहेका छन् । अरुलाई सुधि्रन सल्लाह दिन्छन्, तर उनीहरु आफू कहिल्यै सुधि्रँदैनन् ।
7. यस्तो अस्थिरतामा मिडियाका नेताहरुले पत्रकारितालाई व्यवस्थित बनाउन र श्रमजीवी पत्रकारमा जाँगर भर्न कुनै पनि अभियान चालेका छैनन् । र, यो शून्यताबाट फाइदा उठाउँदै कतिपय मानिसले पत्रकारिताका नाममा रातारात अकूत कमाइरहेका छन् र पत्रकारितालाई बद्नाम गराइरहेका छन् । सम्पत्ति शुद्धीकरण ऐन मिडियामा पनि लगाउन जरुरी छ । केही सडक छापहरु हेलिकोप्टर चढ्ने हैसियतमा कसरी पुगे ? यसको छानविन कसैले गरेको छैन, कसैले लेखेको छैन । केही पत्रिकामा 'डन'ले लगानी गर्दैछन् । अब यस्तो भएमा मिडियाको चरित्र चौथो अंगका रुपमा रहने छैन । हिजो डनहरु होटल चलाउँथे, अब मिडिया चलाउन खोज्दैछन् । यसलाई रोक्नेबारे कसैले सोचेको छैन ।
8. यो स्थितिमा परिवर्तन आएन भने अब मिडिया हाउसहरुमा कामदार र
मालिकवीच अन्तरविरोध बढ्ने खतरा छ ।
मिडियाको दुरुपयोग हुने खतरा छ । यसबाट मानिसहरु पत्रकारिताबाट विस्थापित भई पेशा परिवर्तन गर्ने र मिडिया कमजोर हुने
अवस्था पनि आउन सक्छ । मिडिया
कमजोर भयो भने राजनीतिक क्षेत्रमा भ्रष्टाचार मौलाउँछ र राजनीतिक विकृति अरु बढ्छ, गण्डागर्दी र
डनहरु बढ्छन् । अधिनायकवाद मौलाउँछ ।
त्यसैले ,
पत्रकार भैसकेका तपाई हामीले गम्भीर भएर सोचौं र पत्रकार हुन खोजिरहेकाहरुले पनि बेलैमा सोचौं । अब नेपालको पत्रकारिता यत्तिकै स्थिर रहनेछैन, चाँडै नै या धरासायी हुन्छ, या त व्यापक पुनसंरचना हुन्छ । शिव दाइले ठिकै भन्नुभएको हो, मिडिया ऐतिहासिक संकटमा छ । पत्रकारिता पेशा काठमाण्डौका कुल्लीहरुको भन्दा दयनीय बन्दै गइरहेको छ ।
त्यसैले ,
पत्रकार भैसकेका तपाई हामीले गम्भीर भएर सोचौं र पत्रकार हुन खोजिरहेकाहरुले पनि बेलैमा सोचौं । अब नेपालको पत्रकारिता यत्तिकै स्थिर रहनेछैन, चाँडै नै या धरासायी हुन्छ, या त व्यापक पुनसंरचना हुन्छ । शिव दाइले ठिकै भन्नुभएको हो, मिडिया ऐतिहासिक संकटमा छ । पत्रकारिता पेशा काठमाण्डौका कुल्लीहरुको भन्दा दयनीय बन्दै गइरहेको छ ।
No comments:
Post a Comment