Jun 15, 2012

पूर्वराजालाई हात लम्काउन सल्लाह


भुवन शर्मा, सौर्य दैनिक

काठमाडौं, १ असार । संविधानसभा विघटनपछि पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटको क्रम बढाएका छन् । उनलाई भेट गर्ने नेताहरूमध्ये अधिकांशले नयाँ परिवेशमा आफ्नो भूमिका खोज्न सल्लाह दिएको स्रोतको दाबी छ 

पूर्वपञ्चदेखि कांग्रेसका केही नेताले समेत पूर्वराजालाई भेटेर यस्तो सल्लाह दिएका हुन् । संविधानसभा विघटन भइसकेको अवस्थामा राजसंस्थाको सक्रियता बढाउनुपर्ने उनीहरूले बताउने गरेका छन् । यद्यपि, पूर्वराजा स्वयंले भने यस विषयमा मुख खोलेका छैनन् 

संविधानसभा विघटनपछि उनी पर्ख र हेरको अवस्थामा रहेको स्रोतले बतायो । जेठ १४ यता उनी कुनै सार्वजनिक कार्यक्रममा गएका छैनन् भने भेट्न आउनेहरूसँग खुलेर कुरा पनि गर्दैनन् खाली अरूका कुरा सुन्नुहुन्छ र टाउको हल्लाएर हो, हो भन्नुहुन्छ,’ स्रोतले भन्यो 

पछिल्लो समय पूर्वराजालाई भेट्नेमा कमल थापा, लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा, दुर्गा पोखरेल, याङकिला शेर्पालगायत केही शाहीकालीन मन्त्री छन् । यसैगरी, कांग्रेसका पूर्णबहादुर खड्का, खुमबहादुर खड्का, तारानाथ रानाभाटलगायतले पनि उनलाई भेटेको स्रोतको दाबी छ 

संविधानसभा विघटन भइसकेपछि मुलुक ०६२/६३ सालकै अवस्थामा फर्किएको छ  संविधानसभाले गरेको सबै काम स्वत: अवैध भएका छन् । त्यसैले राजसंस्था भूमिकामा फर्कन सक्ने अवस्था बनेको छ,’ भेट्न जानेहरूमध्ये शाहीकालीन मन्त्रीहरू यसै भन्छन् । कांग्रेसका नेताहरूले शाहीकालीन मन्त्रीलेझैँ राजासंस्था फर्किसकेको नभने पनि नेपालको भौगोलिक, सांस्कृतिक र धर्म दृष्टिकोणबाट कुनै न कुनै रूपमा राजसंस्था आवश्यक रहेको धारणा राख्ने गरेका छन् 

नेताहरूलाई भेट गराइदिने र समय मिलाइदिने काम पूर्वराजाको स्वकीय सचिव सागर तिमिल्सिना र मधु तिमिल्सिनाले गरिरहेका छन् । अधिकांशलाई साँझ ७ बजेपछिको समय छुट्टयाउने गरेको स्रोतले बतायो 
संविधानसभाको औचित्य सिद्धिसकेपछि यसले गरेको सबै काम स्वत: खारेज हुन्छ  त्यसैले मुलुक अब ०६२/६३ को स्थितिमा फर्किसकेको छ । यही कुरा मैले सरकारसँगको दर्शन भेटमा राखेँ,’ पूर्वराजाका सहयोगी तथा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले सौर्यसँग भने, ‘सरकारले केही बोलिबक्सेन । खाली टाउको हल्लाएर मात्र सुनिबक्सियो’ 

स्रोतका अनुसार संविधानसभा विघटनपछि पूर्वराजा थानकोटको एउटा मन्दिरमा जाने कार्यक्रम तय गरिएको थियो । तर, अकस्मात् रद्द गरिएको छ । थानकोट जाने कार्यक्रम संविधानसभा विघटन हुनुभन्दा पहिले नै तय भएको थियो । सार्वजनिक कार्यक्रममा गइसकेपछि संविधानसभा विघटनपछिको स्थितिबारे बोल्नुपर्ने हुन सक्ने ठानेर स्थगन भएको स्रोत बताउँछ । तत्काल कुनै जिल्ला जाने कार्यक्रम पनि छैन,’ स्रोतले भन्यो 

जेठ २७ गतेको आमसभामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजासँग भेट गरेको पुष्टि गरेका थिए अब केही दिन तपार्इं धैर्य गर्नुहोस् । लाखौँ जनताले तपाईंलाई नागार्जुनबाट नारायणहिटीमा पुर्‍याउनेछन् भनेर मैले भनेको हुँ,’ थापाले भनेका थिए 

स्रोतका अनुसार संविधानसभा विघटनपछि पूर्वराजा निर्मलनिवासमै छन्  संविधानसभा विघटनपछिको अवस्थालाई उनले अभिरुचिपूर्वक नियालिरहेका छन् 

साभार: सौर्य दैनिक, http://www.souryadaily.com/2012/06/21412.html

No comments:

Post a Comment