Jun 23, 2012

दलाई लामाले भने - "बुद्धमार्गको उद्गम थलो नेपाल होइन भारत हो"


Hellokhabar.com

असार तिब्बती धार्मिक नेता दलाई लामाले बुद्धमार्गको उद्गम थलो नेपाल नभएर भारत भएको सार्वजनिक अभिव्यक्ति दिँदै नेपाल विरुद्ध वाकयुद्ध भ्रामक युद्ध सुरु गरेका छन्

एक साता लामो बेलायत भ्रमणका रहेका उनले नेपालबारे विश्व सामु नै भ्रामकता सिर्जना गरेका हुन्

उनले सिंगो नेपाल नेपालीमाथि नै घात पुग्ने गरी यसरी विश्वसामु नेपालबारे भ्रामकता सिर्जना गरेका छन्
बेलायतमा आयोजित एक कार्यक्रममा उनले सम्बोधन गर्दै बुद्धमार्गको उद्गम थलो भारत हो कसैकसैले बुद्ध नेपालमा जन्मिएका हुन् भन्छन्भनेका छन्

लण्डनस्थित अल्डरसोटको इविव रंगशालामा आयोजित विश्व शान्ति, सद्भाव बुद्ध धर्म विषयक कार्यक्रममा प्रवचन दिदै लामाले बुद्धको उद्गम स्थल भारत भएको दाबी समेत गरेका छन् 

सो क्रममा उनले लामाले बुद्धमार्गीहरुले आधुनिक युगमा आएर बुद्धको पुजा आजा मात्र नगरेर बुद्धका दर्शनलाई भित्री रुपमा बुझेर अध्ययन गर्न समेत आग्रह गरेका गरेका थिए

लामो समयदेखि भारतमा निर्वासित जीवन विताइरहेका ७६ वर्षीय लामालाई सम्बोधनका लागि रंगशाला पुर्र्याउँदा राजकीय सम्मान टक्याइएइको थियो

लामाको बेलायत भ्रमणले चीन बेलायतबीच स्वत चिसो बढेर गएको थियो, तर उनको यस्तो अभिव्यक्तिले अब दलाई लामा नेपाल नेपालीबीच पनि चिसो बढेर जाने विश्लेषकहरु बताउँछन्

केही जानकारहरु भने दलाई लामाले जानी जानी त्यस्तो अभिव्यक्ति दिएर भारतको समर्थन बटुल्न खोजेको बताएका छन् अब दलाई लामाले नेपाल नेपाली सामु सार्वजनिक रुपमा माफी नमागे जे पनि हुन सक्ने सबै नेपाली मिलेर त्यो भ्रम चिर्नु पर्ने उनीहरुको भनाई


No comments:

Post a Comment