Jun 28, 2012

त्यो 'रातो थोप्ला’


सौरभ
एउटा टेलिभिजनमा जेठको अन्तिम साता- 'हाम्रो आफ्नै रङ्गको परम्परा कम्तीमा ६ हजार वर्ष पुरानो हो, जुन हर्क गुरुङजस्ता पूर्वाग्रहीहरूलाई थाहै थिएन'- पंक्तिकारले भनेपछि स्रोता/पाठकहरूको प्रतिप्रश्नको ओइरो लाग्यो । आधार थियो गुरुङले 'नेपाल सोसल डेमग्रफी एन्ड एक्सप्रेसन्स', पृष्ठ १०१ मा लेखेको पंक्ति- 'पञ्चायत व्यवस्थाले तर्जुमा गरेका राष्ट्रिय चिह्नहरूमा रातो थोप्ला हिन्दु प्रभुत्वको चिह्न हो' । संविधानका सबैजसो कुराहरू मिलिसकेको भनिएको पृष्ठभूमिमा राष्ट्रिय चिह्नहरूका कुरा नै पनि कति मिलेका छन् ? भन्ने सन्दर्भलाई लिएर हेर्ने हो भने अब व्यापक चासो बनेको त्यस विषयको उठान गरिनेछ ।

इलाका
रातो रङको स्रोत मजिठो -रुबिया मञ्जिष्ठा) अवश्य पनि आजको भारतको हिमाञ्चल प्रदेशदेखि मेघालयसम्म पाइन्छ, १२ सयदेखि २१ सय मिटरसम्ममा । तर विलियम रक्सवर्गले 'फ्लोरा इन्डिका'को सन् १८१० को संस्करणमा स्पष्टै लेखेका छन्- 'नेटिभ अफ नेपाल, द अदर माउन्टेनस कन्टि्रज, नर्थ एन्ड नर्थ इष्ट अफ बेङ्गाल' अर्थात् त्यतिबेलासम्म पनि पश्चिम हिमालयमा मजिठो पाइनेबारे केही थाहै थिएन । र सन् १८८३ को ह्युज म्याक्क्यानको 'डाइज एन्ड ट्यान्स अफ बेङ्गाल'मा अन्ततः यो दार्जिलिङ भेकमा प्रचुर मात्रामा पाइने र त्यतैबाट धेरै संकलन हुने जानकारी दिइएको छ ।

थाहै छ, समुद्र गुप्तको विक्रमको पाँचौं शताब्दीको अभिलेखले आसामदेखि कुमाउँसम्म नेपाल थियो भनेर जनाएको छ । र कल्हणको राजतरङ्गिणीले उल्लेख गरेको विक्रमको नवौं शताब्दीका गण्डकी भेगका राजा अरमुडीको नाममै त्यहाँको अर्मादी खोलादेखि कुमाउँको अलमोडासम्म रहेको पनि सर्वज्ञात कुरा हो । यसैले नेपालसँग र नेपालसँग मात्रै मजिठोलाई जोडिनु स्वाभाविक हो ।

प्राचीनता १
जिनस 'रुबिया'का ८० भन्दा बढी प्रजाति छन् । यस लेखमा लिइएको प्रजाति 'मञ्जिष्ठा'मात्रै हो । र म्याडर नै भनिने तर अपि|mकादेखि जापान, सुडानदेखि दक्षिण अपि|mकासम्म हुने प्रजाति अरु-अरु नै हुन् । अपि|mकामा पाइने सबैजसोलाई 'कनोटि्रजा' भनिन्छ ।

४ हजार वर्ष अघिका इजिप्टका ममीहरूमा म्याडरको अवशेष अवश्य पाइएको छ । तर त्यो युरोपेली प्रजाति 'टिङटोरम' हो । र अहिले पाकिस्तानमा पर्ने मोहनजोदारोमा प्राप्त ६ हजार वर्ष पुरानो रेशमको कपडाको रङ मञ्जिष्ठा हो । यसैले माथि ६ हजार वर्ष पुरानो लेखिएको हो ।

रुबियाका सबै प्रजातिका सामान्य नाम म्याडर हुनुमा मजिठोकै देन देखिन्छ । तामिलमा यसलाई मजिटी/म्याडिटी भनिन्छ । यही भाषा बोलिने भारतीय प्रान्त तामिलनाडुको समुद्री द्वार हो, चेन्नई बन्दरगाह, जहाँबाट यो पश्चिम निर्यात हुन्थ्यो, 'इन्डियन म्याडर'को नाममा । इन्डियन म्याडर भन्नाले उस्तै रङ दिने भारतीय मूलको 'अल्डेनलेन्डिया अम्बेलाटा'लाई पनि चिनिन्छ । तर म्याकक्यानले स्पष्टै लेखेका छन्- अल्डेनलेन्डिया उडिसाको पुुरीमा बटुलिन्छ, जुन तामिलनाडुको उत्तरमा सँगसँगै जस्तो छ ।

अर्थात् पश्चिममा माग भएको परिमाणमा मजिठो दिन नसकेपछि त्यसमा अल्डेनलेन्डिया मिसाउन थालियो । बुद्धको जन्मथलो नेपाल र कर्मथलो भारत भनिए जस्तै भारतले नेपालको मजिठोलाई पनि यसरी व्यापक बनाइदियो । जसरी चीनले नेपाललाई आफ्नो खुर्सानीबारी भन्दाभन्दै पनि भारतले नेपाली खुर्सानीलाई दक्षिण अपि|mकासम्म निर्यात गथ्र्यो । १९ औं शताब्दीमा उसले गर्दा विश्व बजारमा नेपाली खुर्सानी सर्वाेत्तम मानिन्थ्यो -म्याक्मिलन) ।

प्राचीनता २
काठमाडौंको पुरानो नाम मञ्जुपत्तन थियो भनेर इन्साइक्लोपेडिया बि्रटानिकासम्मले लेखेको छ । अनि अर्काथरी लेख्छन्- विक्रम संवत् ७८० मा गुणकामदेवले मञ्जुपत्तन स्थापना गरे, जुन कसैको -शाक्य) को भनाइमा अहिलेको मजिपाट हो ।

मजिपाट जात्रा भनेको रञ्जितकार -रङकर्मी) हरूको हो । मजिपाट भनेकै मूलमा रञ्तिकारहरूको बस्ती हो । अर्थात् मजि शब्द मजिठोलाई उपयोग गर्नेहरूको बस्तीबाट बन्छ, जसरी नक्साल, निलिशाला अर्थात् नीलो रङले रङ्गाउनेहरूको बस्तीबाट बन्छ । यहाँनेर के बुझ्नुपर्छ भने जुन रञ्जितकारहरूले कटुवाल दहको नीलो माटोलाई रङ बनाउन प्रयोग गरे, तिनले नीलो रङले भरिएको घ्याम्पोलाई 'सम्हार भैरव'का रुपमा पूजा गरे र जसले मजिठोको रङ उपयोग गरे, तिनले रातो रङले भरिएको घ्याम्पोलाई सुरुमा मञ्जुश्रीको रुपमा पूजा गरे । विभिन्न पेसाधर्मीहरू बौद्ध धर्ममा दीक्षित भएर 'कार' जोडिएको थर लिन थालेपछि मात्र मञ्जुश्रीलाई बोधिसत्वमा परिणत गरियो ।

यसैले मञ्जुषाको खास अर्थ हुन्छ- रातो खाम । मञ्जुरीको खास अर्थ हुन्छ- रातो छाप लागेको पत्र -मञ्जनको अर्थ हुन्छ रातो लेदो, मिजारको अर्थ हुन्छ रातो रङले छाला रङ्गाउने व्यक्ति) । मजिठोको अर्काे नाम नै मञ्जुषा हो । यसैले मञ्जुश्रीलाई सरस्वतीको समानान्तर मानियो । कपडाबोधक मजेत्रो, मोजा, मुजाजस्ता शब्दहरू त छंँदैछन् । मजिपाटको संस्कृत नाम मञ्जेश्वरीको 'श्वरी' ऐश्वर्य बोधक हो, जसरी मञ्जुश्रीको 'श्री'

प्राचीनता ३
भृकुटीले छैठौं शताब्दीमा मात्र बौद्ध धर्मलाई तिब्बत/चीनमा विस्तारित गरिन् भनिएपछि बौद्ध पात्र बोधिसत्व मञ्जुश्री चिनियाँ हुने नै भएनन्, २५ सय वर्ष अघिको चीनदेखि आएर चोभार गल्छी खोल्नलाई । रमाइलो त त्यहाँनिर हुन्छ, जब उपत्यकाको पानी बगिसकेपछि उनले धर्माकर नामको ग्वालालाई राजा बनाइदिए भन्ने कथा पढेर होला, बृहत नेपाली शब्दकोशकारहरूले उनलाई पनि ग्वाला बनाइदिएका छन्- मञ्जुश्री माने मञ्जुघोष लेखेर ।

मञ्जुश्रीको पहिलो उल्लेख २१ सय वर्ष अघिको मानिएको अष्टसहस्रीका प्रज्ञापारमितामा भएको छ । प्रज्ञापारमिता नाम पाएका ग्रन्थहरू अरु पनि आधा दर्जन बढी छन् । यसैले प्रसिद्ध र पुरानो प्रज्ञापारमितामा नेपाली नाम मञ्जुश्री पर्नजानु अनौठो होइन । भन्नाले गुणकामदेवले विसं ७८० मा मञ्जुपत्तनको स्थापना गरे भन्ने कुरामा कुनै दम छैन, मजिपाट उनीभन्दा हजारौं वर्ष पुरानो हो ।

विश्व व्यापकता
पञ्जाबमा मजिठा भन्ने सहर नै छ । यो छिपाहरूको प्राचीन बस्ती हो । कालान्तरमा त्यहाँका बासिन्दाहरूको थर नै मजिठिया हुनपुगेको छ । अब अनुमान गर्न सकिन्छ, मोहनजोदारोको रङको मूल केन्द्र कहाँ थियो ? बेलायतीहरूको म्याडर थर छिपाहरूकै हो भन्ने अनुमान गरिएको छ । सबैभन्दा पुरानो म्याडर थर सन् १२२१ को पाइएको छ ।

इटलीमा मजेन्टा सहर छ । मजेन्टा मजिठोको ल्याटिन नाम हो । यद्यपि रोमन बादशाह म्याक्सेटियसबाट मजेन्टा बनेको हुनुपर्छ भन्ने पश्चिमको अनुमान छ । किनभने उनको सदरमुकाम मजेन्टामा थियो भन्ने अनुमान छ । दुइटै अनुमान नै हुन्, यकिन होइनन् । संयोगवश त्यही ठाउँमा सन् १८६९ मा कृत्रिम मजेन्टा पत्ता लाग्यो । तर अंग्रेजी वाङमयमा १८६० मै रङबोधक मजेन्टा शब्द प्रयोग भैसकेको थियो । नभन्दै अहिले सन् २०१२ मा अमेरिकन सोसाइटी अफ प्लान्ट बायोलजिष्टले लागू गरेको निर्देशिकामा लेखिएको छ- रातो र हरियोका सट्टा मजेन्टा र हरियो लेख्नु । यसबाट मजेन्टाको स्रोत वनस्पति हो भन्ने प्रष्टै हुन्छ ।

उत्तरपूर्वी चीनको युर्चेन जातिका सेनापति नुर्हाकीलाई आफू मञ्जुश्रीको अवतार भएको लाग्यो । फलस्वरुप उनले आफ्नो जातिको न्वारान मञ्जु भन्ने नामबाट गरे । यही जातिको इलाका वर्तमान मन्जुरिया -अंग्रेजले ''लाई '' बनाइदिए)

हो । उनको मञ्जु राजवंश क्वीङ राजवंशका नामले चिनिन्छ, जसले सन् १७९२ मा नेपालमा हमला गर्‍यो । नभन्दै मजिठोको चिनियाँ नाम क्वीङ काओ हो, जुन चीनमै हुँदैन । यसैबाट बनेको हो, मञ्जुश्री चीनबाट आए भन्ने भ्रमको मूलकारण -विडम्बना मञ्जुश्री वंशले नै मञ्जुश्रीको देशमा हमला गर्‍यो, अझ पाँच टुक्रा बनाउने उद्देश्यका साथ) ।

स्पेनमा साँढे जुधाउने खेलमा उज्याइने रातो कपडाको एकापट्टकिो रङ मजेन्टा नै हुनुपर्छ । साँढे/राँगो रातो रङ देखेर होइन, रङ हल्लिएर मात्र ऊ तर्सिने हो । प|mान्समा पैदल सैनिकको पोसाक यसैबाट रङ्गाइन्थ्यो र रक्सीसमेत बनाइन्थ्यो । सन् १८१६ को युद्धमा नेपालीहरूले जुन 'रेड कोट्स'सँग लड्नुपर्‍यो, ती बि्रटिस सैनिकहरूको पोसाक पनि यसैबाट रङ्गाइन्थ्यो -विडम्बना जुन देशले रङ दियो, त्यसैलाई हमला गरेर टुक्रयाइयो) ।

आज लेटिनको 'ला माजेष्टाज' शब्द चुम्बकबोधक म्याग्नेटबाट आएको ठहर छ । तर कतै व्युत्पत्ति मिल्दैन । किनभने अंग्रेजीको रेड डाइ भन्ने शब्द नै संस्कृतको रक्त -रातो) दागबाट बनेको हो । वनस्पति जगत्मा प्रयोग हुने रातोबोधक रुब्रा र अलाटा दुवै रातो र आल्ताबाट बनेका हुन् । अर्थात् रोमन बादशाह चाल्र्स पाँचौंका निम्ति सन् १५१९ मा म्याजेष्टी शब्द प्रयोग गरिएपछि मजिठोले रङ्गाएको लामो लुगा पहिरियोस्-नपहिरियोस्, विश्वका सबै राजाहरू हिज म्याजेष्टी हुनपुगे -विडम्बना हामीले नै म्याजेष्टी सम्बोधन पाउन १९२३ आउनुपर्‍यो) ।

आजभोलि यो प्रेम दिवस -भ्यालेन्टाइन डे) को रङ हो । एम्सटर्डममा नश्लवाद/जातिवाद विरोधी माजेन्टा फाउन्डेसनको रङ हो । यो तिब्बतको निङमापा सम्प्रदायले आफ्नो लुगा रङ्गाउने रङ हो । यो प्रख्यात डच पेन्टर भरमिरको रङ हो ।

नाम
जर्मनीमा यसको नाम टिबेटेसेर फावरक्राप हो । तर मजिठो तिब्बतमा हुँदैन । यसले के बुझाउँछ भने उनीहरू यसका थोक व्यापारी थिए । नभन्दै ३ हजार वर्षअघि उत्तरकुरु -तिब्बत) मा लेखिएको मानिएको सुश्रुतसंहितामा मजिठोको उल्लेख छ, अर्कै प्रसङ्गमा भए पनि नेपाल पनि उल्लेख छ । पोर्चुगिजमा रुइभा द साइबेरिया हो । तिनलाई साइबेरियाबाट आउँछ भन्ने भ्रम हुनुमा आश्चर्य पनि छैन । किनभने पोर्चुगलमा अद्यापि सुन्तलाको नाम नारान्हा द तार्दे हो । यो हिन्दीको नारङ्गबाट बनेको हो, जुन आफै बनेको हो, संस्कृतको नागरङबाट । बरु हामीलाई भ्रम छैन, सुन्तला पोर्चुगलको पोर्ट सान्तारेमबाट बनेको हो भन्ने हामी जान्दछौं । संसारभरि मजिठोका यसैगरी अनेकौं नाम छन् । लिम्बुमा भने पाङदु र राईमा कोटलिन हो । मजिठो शब्द मध्यनेपालकै देखिन्छ, जसको संस्कृतकरण भयो मञ्जिष्ठामा नकि मञ्जिष्ठाबाट मजिठो ।

नेपालीका मस्याङ, मरुइ, मारङ्गी, मलायो, मल्लिडो, मैदल सबै वनस्पति हुन् र रातो रङको प्रसिद्ध फल या फूलले परिचित छन् । रैथाने 'मालोटस फिलिपेन्सिस'को रैथाने नाम मलाटा हो, संस्कृतमा मात्र सिन्दूरे । नेवारीमा खुर्सानीलाई पनि मल्टा नै भनिन्छ -जुन भूमध्य सागरीय देश माल्टाको निम्ति होइन, किनभने नेवारीमा पनि पुरानो नाम खुर्सानी नै हो, इरानको खुरासानबाट बनेको, आसामको अबरबाट अबरे खुर्सानीजस्तै) । यसैले '' अक्षर प्राचीन नेपालीको रातोबोधक हो भन्ने देखिन्छ ।

र रातो रङका ३ हजार स्रोत/ओरिजिन छन् । जसअनुसार टोन/सेड फरक हुन्छ, हङ्गेरियन रेड/चाइनिज रेड भनेजस्तै । यसैले यस लेखमा मजिठोमाथि मात्रै जोड दिइएको छ ।

पहिलो अन्त्य
गुरुङले थोप्ला भनेर तोकेको रङ सिमि्रक हो । गन्धक र पारो तताएर यो तयार गरिन्छ । सिमर -सिमल) बाट यसको नाम लिइएको छ । सिमि्रक ४ हजार वर्षअघि चीनले जन्माएको हो । यसैले परदेशी ठानेर होला, देउपाटनका पुराना संघटहरूले पूजामा सिमि्रकका सट्टा सालको परागकण प्रयोग गर्थे ।

न गुरुङले तोकेको रङ बरौनी हो, जुन सल्लाको परागकणबाट बनाइन्छ । संस्कृतको वारुणीबाट नाम लिइएको हो । नकि आँपको मुजुरालाई अवधीमा भनिने बौरबाट बनेको सीमापारिको बरौनीबाट । पुराना नेपालीहरूले केशरका सट्टा प्रयोग गर्ने रङ हो यो ।

न गुरुङको रङ अबिर हो, जुन मजिठोको जरा र बनधाले -कर्कमा जेडोरिया) वा कचुर -कर्कमा इन्गष्टिफोलिया) को धूलो मिसाएर बनाइन्छ । भारतबाट आउनेमा चाहिं आलुको बोक्रा र अभ्रखको धूलो मिसाइन्छ ।

न गुरुङको सिमि्रक, सिन्दूर हो, जुन भारतबाट आउने कुनै पनि रङ नभएर सिन्दूरे -मालोटस) को धूलो हो । नेपाली नाम मलाटाबाटै जिनस मालोटस रहेको छ, भलै अहिले लेटिनको मालसलाई श्रेय दिइएको छ । यद्यपि मलाटाको अर्थ बायोमास नपुगेर सानो दाना फल्ने फल पनि हो ।

न गुरुङको रङ रोचना हो, जुन मजिठोको जरा, पाखनवेद -बर्जेनिया सिलियाटा) र मगरकाँची -बेगोनिया पिक्टा/रुवेला) को जरा मिसाएर बनाइन्छ । यसको खास पूर्वस्रोत रोचन -मालोटस) हो र त्यसभन्दा पनि पूर्वस्रोत रक्तचन्दन -डाफ्नेफाइलम हिमालेन्स) हो, नकि भारतीय रक्तचन्दन -टेरोकार्पस स्यान्टालिनस) ।

न गुरुङको रङ अर्पण हो, जसलाई पहाडमा ऐँपन र तराईमा अरिपन भनिन्छ । कुनै पनि रङको धर्सो बनाउन सकिन्छ अर्पणमा, तर नीलो रङको बाहेक । यसको भारतीय रुपान्तरण रङ्गोली हो ।

पछिल्लो अन्त्य
यसरी संविधानमा नेपालको राष्ट्रिय रङ तोक्दा वा झण्डा रङ्गाउँदा प्रयोग हुनुपर्ने रङ भनेको मजिठो रङ नै हो । मञ्जुश्रीले गद्दीमा बसाइदिएका भनिएका धर्माकरका वंशज सुधन्वा सीता स्वयंवरमा नेपालबाट भाग लिन गएका थिए लेखिएको छ । त्यसै हो भने रामायण नै ५ हजार वर्ष अघिको मानिएको छ । मञ्जुपत्तनमा राजा हुने धर्माकर सुधन्वाभन्दा कति सय वर्ष अघिका थिए होलान् ? मञ्जुश्रीको २५ सय वर्षयता मात्रै बौद्धकरण भएको त स्पष्ट नै छ ।

नभन्दै विज्ञानले ७ देखि १० हजार वर्षअघि नै उपत्यकाको पानी बगेर गैसकेको अनुमान गरेको छ । र त्यसै हो भने मोहनजोदारोको रेशमको टुक्रा, धर्माकर, मञ्जुश्री र मजिपाट एकै समयका हुन आउँछन् पनि । जातिवादी हर्क गुरुङ जस्ताहरूको विचारलाई ठेगान लगाउने भनेको जातिवाद विरोधी/नश्लवाद विरोधी अन्तर्राष्ट्रिय रङको मान्यता पाइसकेको मजिठो रङलाई नै स्थापना गर्ने हो ।

साभार : कान्तिपुर दैनिक, २०६९ असार १४

No comments:

Post a Comment