Jul 4, 2012

जनताले चाहे राजसंस्था फर्किन सक्छः ज्ञानेन्द्र तर, राजनीतिमा नओर्लने


१९ असार, काठमाण्डौ पूर्व राजा ज्ञानेन्द्र शाहले जनताले चाहे राजतन्त्र र्फकन सक्ने तर आफु राजनीतिमा भने संलग्न नहुने बताउनुभएको

रुपन्देही, कपिलवस्तु नवलपरासीको भ्रमणमा रहनुभएका शाहले मंगलबार साँझ भैरहवास्थित होटल निर्भानामा पत्रकारमाझ भन्नुभयो- जनताकै चाहनाअनुसार राजसंस्था हटेको हो, जनताले चाहे भने फेरि राजसंस्था पुर्नस्थापित हुनसक्छ

तीन जिल्लाका बिभिन्न धार्मिक स्थलको भ्रमणका क्रममा जनताबाट न्यानो आतिथ्य पाएका शाहमा केही आत्मबिश्वास बढेजस्तो देखिन्थ्यो जनतामा फेरि राजसंस्था चाहिन्छ भन्ने महसुस हुन थालेको आफुले पाएको उहाँले प्रतिक्रिया दिनुभयो उहाँले मुलुकमा नयाँ शक्तिको आबश्यकता महसुस भएको भन्दै घुमाउरो पाराले राजसंस्था नै नयाँ शक्तिका रुपमा उदाउन सक्ने संकेत गर्नुभयो

अहिलेको मुलुकको अबस्थाप्रति टिप्पणी गर्दै पूर्वराजा शाहले आफुले छाडेको बेलामा भन्दा स्थीति झन भयावह देखिएको बताउनुभयो तीनै जिल्लाका पत्रकारहरुलाई निम्ताइएको सो भेटघाटमा उहाँले पत्रकारका प्रश्नको सहज जवाफ दिनुभएको थियो

तीन दिनदेखि पश्चिम तराईमा रहनुभएका शाहले यहाँका बिभिन्न शक्तिपीठहरुमा पुजा अर्चना गर्दै जनतासँग अन्तरक्रियासमेत गरिरहनुभएको रुपन्देहीको बुटबलमा गणेश मन्दिर मुक्तिनाथ धाममा पुजा गर्ने क्रममा शाह एक किलोमिटर पैदल हिड्नुभएको थियो उहाँ भोली नवलपरासीमा भगतवीको मन्दिरको दर्शन गरि बिहीवार काठमाण्डौं फर्किने कार्यक्रम रहेको


No comments:

Post a Comment