Jul 4, 2012

जनताले राजसंस्था चाहेका छन्: पूर्वराजा ज्ञानेन्द्र


बुटवल लुम्बिनी क्षेत्रको धार्मिक स्थलको भ्रमणमा आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले राजसंस्था चाहेको बताउनुभएको

यस क्षेत्रको भ्रमणमा रहेका पूर्वराजा शाहले पत्रकारसँग कुरा गर्दै भन्नुभयो, “अहिलेको परिस्थितिमा राजसंस्था एउटा शक्तिको रूपमा आउन सक्छ यसको आउने आधार चाहिँ जनतालाई सोध्नुपर्छ

पूर्व राजा शाहले अगाडि भन्नुभयो, “राजसंस्थाले राजनीतिक गर्दैन, पार्टी पनि खोल्दैन राजसंस्थाभन्दा तल अरु देख्दिनँ मैले नारायणहिटी छोड्नुभन्दा देश गम्भीररूपमा पुगेको

पूर्व राजा ज्ञानेन्द्रले मुलुक आफुले राजगद्धी छाडेको अवस्थामा भन्दा पनि निकै संकटपूर्ण अवस्थामा पुगेको बताउनु भयो ज्ञानेन्द्रले आफू राजनीतिज्ञ नभएको समेत बताउनुभयो मंगलबार राती नवलपारसी , रुपन्देही कपिलबस्तुका पत्रकारहरुलाई निमत्रण गरिएको पत्रकार सम्मेलन सबैभन्दा पहिले बुटलवका पत्रकाहरुसँग त्यसपछि भैरहवा, कपिलबस्तु नवलपरासीका सञ्चारकर्मीहरुसँग छुट्टाछुटै पत्रकार सम्मेलन गरिएको थियो

निर्वाचन पद्धतिबाट राष्ट्रपतीय ब्यवस्थामा जान के गर्नु हुन्छ भन्ने पत्रकारको जिज्ञासामा आफुले राजाभन्दा र्को नदेखेको बताउनु भयो भ्रमणका क्रममा आफुलाई जनताले चाहेको महशुस भएको उल्लेख गर्दै जनताले जा भने गद्धी छाडे आइज बस् भन्छ्रन भने आफु बस्न तयार रहेको बताउनु भयो वर्तमान समयमा राजनीतिक पार्टीले सहमतीको रटान रटेतापनि दलहरु स्वचालित होइन परिचालित भएजस्तो आफुलाई लागेको बताउनु भयो

नारायणहिटी राजदरवार हत्याको विषयमा पत्रकारहरुले राखेको जिज्ञाशामा पूर्व राजा शाहले लान्छना आफुमाथि लागेको त्यसको प्रतिवेदन पनि आइसकेको त्यो हामीमाथि लागेको आरोप मात्र हो पूर्व राजा शाहले भन्न भयो जनताले राजसंस्थाको भूमिका खोजेकाले आफुले राजनीति नगर्ने बताउनु भयो

रुपन्देही, नवलपरासी कपिलवस्तुका सबै पत्रकारहरुलाई निमन्त्रणा गरिएको कार्यक्रममा सबै जिल्लाका पत्रकाहरुसँग छुट्टाछुट्टै परिचय भेट गर्नु भएको थियो धेरै जसो सञ्चारमर्कीहरुले पूर्व राजासँग तस्बीर समेत खिचाएका थिए सात बजे सञ्चारकर्मीहरुलाई बोलाइएता पनि करिब बजे कार्यक्रम सुरु भएको थियो रुपन्देही नवलपरासी कपिलबस्तुमा रहेको धार्मिक स्थानहरुको भ्रमणमा निस्नुभएका पूर्व राजा शाह रुपन्देही आए लगतै रहेक स्थानमा पाएको सर्वसाधारणको उत्साहजनक सहभागिताबाट उत्साहित थिए
 साभार: FNN / http://nepalrus.com/?p=82152

No comments:

Post a Comment