Jul 20, 2012

मुनीमार्फत खुलेको माओवादी राष्ट्रवाद


गोपाल खनाल

प्रचण्ड माओवादी विस्तारित बैठकमा लागिरहँदा मोहन वैद्य उत्तर छिमेक चीनको भ्रमणमा छन् सतहमा हेर्दा वैद्यको चीन भ्रमणसंग प्रचण्ड 'प्लेनम'को तादात्म्यता देखिंदैन तर प्लेनममा प्रचण्डद्धारा प्रस्तुत ४० पेजको प्रतिवेदनमा देखिने राष्ट्रियता वैद्यको चीन भ्रमणमा देखिएको राष्ट्रियता संयोगमात्र होइन, ती योजनाबद्ध हुन् 'पार्टी क्रान्तिका अगाडि उत्पन्न संकट सर्वहारा वर्गको ऐतिहासिक कार्यभार' शीर्षकको प्रतिवेदनमा प्रचण्डले राष्ट्रियतासम्बन्धी नीतिलाई दुई वाक्यमा खुम्च्याएका छन् अत्यन्तै महत्वहीन प्रचण्ड प्रतिवेदनमा सीमा समस्या, सन् १९५० लगायतका असमान सन्धि-सम्झौताजस्ता संवेदनशील मुद्दामा ठोस कूटनीतिक पहल बढाउने उल्लेख भने वैदेशिक हस्तक्षेप, दबाब, अतिक्रमण असमान सन्धि-सम्झौताबाट देशलाई मुक्त गर्नु पार्टीको आधारभूत नीति रहेको बताइएको अर्थात थप लेख्दा भारत रिसाउला भन्ने त्रासमा प्रचण्ड देखिन्छन् संभवतः नारायणकाजीले त्यसतर्फ संकेत गर्दै राष्ट्रियतामा फरक मत राखे

४० बुँदाभित्र राष्ट्रियताका अडानमध्ये कतिपय असान्दर्भिक वा अति राष्ट्रवादी भएको ठान्न सकिन्छ तर सन् १९५० को सन्धि, महाकाली सन्धि, सीमा समस्याबारे पूर्ववत् अडानबाट माओवादी किन पछि हट्यो ? पाँच वर्षको बीचमा द्धिपक्षीय सम्बन्धमा त्यस्तो तात्विक परिवर्तन के आयो प्रचण्ड माओवादी अचानक भारत विरोधी राष्ट्रवादबाट भारतीय राष्ट्रवादमा रुपान्तरित भयो ? चित्त बुझ्दो जवाफ नागरिकले पाउनुपर्छ भारतीय 'विस्तारवाद' अमेरिकी 'साम्राज्यवाद'को विरोधमा राष्ट्रवादी आन्दोलन उराल्ने आधारभूत परिवर्तन नआउँदै 'विस्तारवाद'को सच्चा 'प्रवक्ता' हिमायती हुने प्रचण्ड-बाबुराम 'राष्ट्रवाद'लाई के संज्ञा दिने ?

प्रचण्ड-बाबुरामको राष्ट्रवाद यसअघि बिभिन्न घटनामा विभाजित रुपमा छताछुल्ल भयो सार्वजनिक घटनाक्रम हेर्ने हो भने संविधानसभाको निर्वाचनदेखि प्रधानमन्त्री हुंँदासम्म माओवादी राष्ट्रियताले 'यु-टर्न' लियो जनयुद्धकालीन माओवादी शान्ति प्रक्रियामा आएको माओवादीमा फरक अवश्य हुन्छ, तर हठात् राष्ट्रियता राष्ट्रिय स्वाधीनताजस्ता स्थायी प्रकृतिका एजेन्डामा 'क्रान्तिकारी छलाङ' मारिंदैन यतिसम्म कि प्रचण्डलाई प्रधानमन्त्री बनाउन भारतीय राजनीतिक नेतृत्व प्रधानमन्त्री निवास रेसकोर्स रोडसम्म डेलिगेसन गयो ठूलो दलका नेता भएको हैसियतमा प्रचण्ड प्रधानमन्त्री बन्नुपर्छ भन्ने भारतीय दलको चाहना स्वाभाविक हो तर त्यसका लागि दक्षिण एसियाका 'महान नेता'को संज्ञा पाएका गिरिजाप्रसाद कोइराला विरुद्ध नयाँदिल्लीमै लबिङ हुनु स्वाभाविक थिएन

त्यतिमात्र होइन, प्रधानमन्त्री भएपछि प्रचण्डलाई भारतले 'रेडकार्पेट' स्वागत गर्यो भने 'राजनेता' पगरीसमेत गुथायो त्यसको भित्री कारण त्यसबेला थाहा थिएन, तर प्रचण्डले सन् १९५० को सन्धि खारेज गर्नुपर्ने काठमाडौंको अडान विपरीत हैदरावाद हाउसमा पुनरावलोकन गरेमात्र हुनेजस्ता लचकता अपनाए भने महाकालीको राष्ट्रघात त्यहाँ गायब भयो उल्टै पञ्चेश्वरलाई अघि बढाउन सहमति दिए, तर सार्वजनिक नगर्ने सर्तमा अर्थात कुनै पनि अर्थमा कांग्रेस एमालेभन्दा भारतसँगको नीति राष्ट्रियतामा माओवादी फरक देखिएन तर भित्र 'भारतभक्त' बाहिर भारत विरोधीको छवि बनाएर नागरिकलाई गुमराहमा पार्ने काम प्रचण्ड-बाुबरामले गरे, कम्तीमा कंग्रेस-एमालेले गरेनन्

संभवतः भारतले माओवादीको दोहोरो मापदण्ड थाहा पायो वा सबैभन्दा ठूलो उदार लोकतन्त्रमा धब्बा लाग्ने भएर हो, प्रधानसेनापति प्रकरणमा नयाँदिल्ली प्रचण्ड विरुद्ध खुलेर आयो   त्यसबेला भारतले त्यो कार्यान्वयन हुन नदिन राष्ट्रपतिकहाँ सन्देश पुर्यायो, जसको घरेलु नेतृत्व १८ दलले लिए अन्ततः राष्ट्रपतिले गलत नियतले चालिएको तर संवैधानिक कदमको अनुमोदन नगरेपछि प्रचण्ड अचानक सत्ताच्युत भए जसरी सत्तात्युत भए, त्यसरी नै राष्ट्रियता राष्ट्रवादको आँधीबेहरी प्रचण्डले उचाले, सीमा मार्चपास गरे, वीरेन्द्र मदन भण्डारीलाई आदर्श ठान्दै तिनको हत्यामा पनि भारतको हात देखे एकछिन अघिको मित्र एकैछिन पछि प्रधान शत्रुमा बदलियो यस्ता हर्कतको भित्री पाटो थाहा भएन, तर ठानियो प्रचण्ड विदेशी सामु झुक्दैनन्

तर फेरि उल्टो भयो नयाँबानेश्वरको सडकबाट उरालेको मालिक-नोकरको संज्ञा राष्ट्रवाद लैनचौरमा पुगेर समाप्त भयो सत्ता पाउने नाममा प्रचण्ड-बाबुरामले फेरि नयाँदिल्लीसँग सम्झौता गरे त्यस बीचमा बाबुरामले समेत प्रचण्डलाई उछिनेर भारतीय समर्थनमा प्रधानमन्त्री हत्याउने आभाष पाएपछि दुईबीच फुट पनि आयो प्रचण्डले भट्टराईलाई भारतीय 'एजेन्ट'का रुपमा फेरि सार्वजनिक गरिदिए तर शान्ति संविधानको यात्रा प्रचण्ड राष्ट्रपति हुने आश्वासनमा गठबन्धन बन्यो त्यो जारी यस बीचमा भारतलाई अर्को त्रास पनि भयो कि प्रचण्ड चिनियाँ शिविरमा पुग्लान् भन्ने किनकि कृष्णबहादुर महरामार्फत प्रचण्डलाई प्रधानमन्त्री बनाउन ५० करोडको माग गरिएको टेप सार्वजनिक भएको थियो बिस्तारै चीनले प्रचण्डलाई अन्य बिभिन्न च्यानलमार्फत परीक्षणमा राखेको थियो त्यतिमात्र होइन, गोप्य रुपमा माओवादी लडाकुले चीन भ्रमणसमेत गरे भारतलाई शत्रु घोषणा गरेपछि चीनतिर लहसिएका प्रचण्डले भारतविना केही गर्न सकिंदैन भनेर अचानक फरक धार समाते, जसका सहजकर्ता बाबुराम बने त्यस अर्थमा पनि प्रचण्डलाई चिनियाँ क्याम्पबाट जानबाट रोक्नु नयाँदिल्लीको योजना थियो रोक्यो पनि

यी घटना विशेषसँग जोडिएका राष्ट्रवादका 'नक्कली' नमुना थिए   यत्तिकै आधारमा उनीहरूलाई राष्ट्रद्रोही प्रमाणित गर्न मिल्दैनथ्यो पनि तर प्रचण्ड-बाबुराम वास्तवमै 'राष्ट्रघाती' थिए उनीहरूका भारत विरोधी उग्र एजेन्डा फगत सत्तामा पुग्ने भर्याङमात्र थिए भन्ने यथार्थको खुलासा भर्खरै भएको त्यो पनि उनीहरूकै हितैषी भारतीय प्राध्यापक एसडी मुनीबाट त्यत्तिकै आश्चर्यजनक खुलासा के हो भने बाबुरामलाई मात्र भारतीय एजेन्टको एकोहोरो प्रचार गर्ने प्रचण्ड स्वयम भारतीय एजेन्ट हुन् भन्ने प्रमाण लेखकले दिएका छन्

मुनीले 'नेपाल इन ट्रान्जिसन' भन्ने पुस्तकको 'ब्रिगिङ दि माओइष्ट डाउन फ्रम दि हिल्स : इन्डियास् रोल' शीर्षक लेखको ३२०-२१ पृष्ठमा बाबुराममात्र नभएर प्रचण्ड पनि भारतीय निर्देशित रहेको पुष्टि गरेका छन्   पुस्तकका अनुसार, जनयुद्धकालमै प्रचण्ड बाबुरामले भारतीय महत्वपूर्ण चासोलाई हानि हुने कुनै काम नगर्ने लिखित प्रतिबद्धता प्रधानमन्त्री कार्यालयमा बुझाएर त्यहाँको 'इन्टेलिजेन्स' 'रअ'सँग नियमित संवाद गरेका हुन्
 
त्यहाँ उनले लेखेका छन्- 'क्रान्तिकारी आलंकारद्धारा सुसज्जित माओवादीद्वय प्रचण्ड बाबुरामद्धारा लेखिएको पत्रमा भारतीय नेताहरूलाई आश्वस्त पारिएको कि उनीहरू भारतसँग सबैभन्दा असल सम्बन्ध चाहन्छन् भारतको 'क्रिटिकल इन्टे्रष्ट'लाई हानि हुने कुनै काम गर्ने छैनन् ' मुनीका अनुसार, यो भारतीय प्रधानमन्त्रीको कार्यालयलाई सन् २००२ जूनमा लेखिएको पत्र हो

अमेरिका भारतको भित्री असहजता नेपाली सेनाप्रतिको बढ्दो अन्तर्राष्ट्रिय सहयोगबाट जनयुद्धलाई अप्ठ्यारो पर्ने महसुस गर्दै सन् २००२ को सुरुतिर भट्टराईमार्फत माओवादी भारतीय सम्पर्कमा पुगेको तर भारतीय नेताले भेट्न इच्छा नदेखाएको उल्लेख त्यसबेला भट्टराईका जेएनयुका साथी सीताराम यचुरी, डीपी त्रिपाठी, दिग्विजय सिंह लगायत भारतीय नेताले उनलाई भेट्ने इच्छा देखाएनन् भने आईके गुजरालदेखि कंग्रेस समाजवादीका जुनियर नेताले समेत भेट्न मानेनन् किनभने आतंककारीको बिल्ला भारत विरोधी चर्को नीतिका कारण उनीहरू भारतीय राजनीतिक वर्गका लागि अछूतजस्ता थिए

मुनी लेख्छन्- तर जब माओवादीले आफ्नो मुद्दा राख्ने अवसर दिन आग्रह गर्यो, भारतीय प्रधानमन्त्रीसमक्ष पुर्याइयो, जसमा उनीहरूलाई लिखित पत्र लेख्न लगाइयो यो पत्रको जवाफ केही महिनापछि माओवादीले पाए, जसअनुसार इन्टेलिजेन्सले माओवादी प्रतिनिधिसँग वार्ता गर्यो यसको निरन्तरता माओवादी 'रअ'का अधिकारीबीचको भेटवार्ताबाट भयो ' 'रअ'का प्रमुख हर्मिज थारकन भट्टराई बीचको असल व्यक्तिगत सम्बन्धले पनि माओवादी 'रअ'बीच एकअर्कालाई बुझ्न सहजकर्ताको काम गरेको उनले लेखेका छन्

मुनीको आलेखमा यस्ता थुप्रै प्रसंग छन्, जहाँबाट माओवादी अझ खासगरी प्रचण्ड-बाबुरामको भारतीय झुकाव प्रमाणित हुन्छ नेपाली राजनीतिमा प्रचण्ड-बाबुराम भारतसँग जोडिएका जति पनि मुद्दा छन्, ती सबै नेपाली राष्ट्रियता होइन, भारतीय स्वार्थ अनुकूल हुनेगरी गरिएका हुन् भन्ने अब प्रमाणित भएको प्रचण्डको अहिलेको राजनीतिक प्रतिवेदनमा काजीले भनेजस्तो राष्ट्रियताको मुद्दा नआउनुको सम्बन्ध यो पूर्वगोप्य सहमतिसँग खोजिनुपर्छ अहिले प्रधानसेनापति प्रकरणमा गल्ती भएको भन्नुको अर्थ भारतलाई धोका नदिनुपथ्र्यो भन्ने देखिन्छ  

तुलनात्मक रुपमा प्रचण्ड-बाबुरामभन्दा वैद्य-बादलको नक्कली राष्ट्रवाद सार्वजनिक भएको छैन, यद्यपि चर्को अति राष्ट्रवाद पनि उचित होइन तर अब वैद्य पनि बिस्तारै सार्वजनिक हुनेछन् वैद्यको उत्तरतिरको यात्रा त्यसतर्फको प्रस्थानबिन्दु हो विभाजनपछि वैद्यपक्षले जसरी राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यता पाएका छन्, ती प्रचण्ड-भट्टराई निहित स्वार्थी एजेन्डाकै परिणाम हुन् तर तिनले उनको राष्ट्रवादलाई पनि छताछुल्ल पार्नेछ राष्ट्रपति रामवरण यादवदेखि दक्षिण एसिया हेर्ने चिनियाँ उपमन्त्री आइपिङसम्मले वैद्यलाई महत्व दिएर भेटवार्ता गर्नुको घरेलु राजनीतिक अर्थ  प्रचण्ड-भट्टराई विरोधी कार्ड हो भने चीनका लागि भारत विरोधी कार्ड हो भारतको चर्को विरोधका नाममा वैद्य 'चिनियाँ' माओवादी बन्न उद्यत देखिन्छन्, जबकि प्रचण्ड-बाबुराम 'भारतीय' माओवादी प्रमाणित भइसकेका छन्   राष्ट्रियता बारेमा माओवादीको अडानबारे अझै भ्रम पाल्नुभन्दा मूखर्ता केही हुनुहुँदैन

साभार : कान्तिपुर दैनिक, २०६९ श्रावण

No comments:

Post a Comment