Aug 15, 2012

संवैधानिक शून्यता र उपयुक्त निकास


दीपक गजुरेल, राजनीतिशास्त्री

नेपालमा अहिले संवैधानिक शून्यता वैधानिकताको निरन्तरताको दृष्टिले अन्तरिम संविधान मृत भैसक्यो यसका धारा वा कुनै पनि प्रावधानका आधारमा जसले जे गरे पनि त्यो अवैधानिक हुने स्थिति राष्ट्रपति, प्रधानमन्त्री लगायत कोही पनि बैधानिक छैनन्यसबेला

'सहमति' को नाममा चलिराखेको सत्ताको खेलमा लागेका राजनीतिक दलको हातमा केही छैन भन्ने क्रमैसँग प्रमाणित हुँदैगएको

अहिले हामी संवैधानिक 'संकट' मा होइन, संवैधानिक शून्यतामा छौँ वैधानिक रुपमा कसैले केही गर्न सक्ने अवस्था छैन 'सहमति' को रटानले निकास दिँदैन भन्ने कुरा गएको वर्षमा प्रमाणित भैसक्यो

वर्तमान समस्यामा हाम्रा अगाडि दुईवटा बाटा छन् एउटा शान्तिपूर्ण अर्को हिँसात्मक असफल भैसकेको 'सहमति' को तमाशा जारी राख्ने हो भने निकास होइन, मुलुक हिँसाको भूमरीमा जाकिने निश्चित । त्यसैले शान्तिपूर्ण बाटो छनौट उपयुक्त हुन्छ

यसका पनि दुई विकल्प छन्‍ : एक, नयाँ वैधानिकताको सिर्जना, दुई, वैधानिकताको निरन्तरता । मुलुकका सबै शक्ति पक्ष सम्मिलित नयाँ मार्गचित्र निर्माण गर्ने निर्वाचन आयोगमा दर्ता भएका सबै दल, बाहिर रहेका सबै दल/समूह, भोलि शक्तिशाली बन्न सक्ने संभावित एनजीओहरु, राजसंस्था, नेपाली सेना समेत सहभागी भएर सबैलाई स्वीकार्य हुने प्रणाली टुङ्गो गर्ने त्यही अनुसार राष्ट्र हाँक्ने यसले नयाँ राजनीतिक वैधानिकता सिर्जना गर्छ, किनकि यहाँ सबैको 'सहमति' यथार्थमा हुन्छ

राष्ट्र तथा जनताको सर्वोपरी हितका लागि काम गर्नेहरु मात्र साँचो अर्थमा उपरोक्त 'राष्ट्रिय सहमति' मा आउन सक्छन् विगत् वर्षको अनुभवले इमानदार, राष्ट्रवादी तथा निष्ठावानहरु यसबेला राजनीतिमा सक्रिय छन्भन्नेमा शंका जन्माइदिएको

त्यसैले शान्तिपूर्ण बाटोको नयाँ वैधानिकताको सिर्जना गर्ने यो उपाय सफल हुने संभावना कम केही नेपालीले चाहे पनि हाम्रा विगत्का कार्य बदलिएको अन्तर्राष्ट्रिय शक्ति संघर्षको स्वरुपले यसो हुन दिँदैन 'चाबी अन्तै रहेछ' भन्नेहरुबाट राष्ट्रप्रति इमान्दारी खोज्नु स्वेरकल्पना मात्र हो

शान्तिपूर्ण निकासको अर्को बाटो बैधानिकताको निरन्तरता हो वैधानिकताको निरन्तरताका लागि सबैभन्दा पहिला सरोकारवालाहरु १२ बुँदे सहमतिको भ्रमबाट मुक्त हुनुपर्छ त्यो बाटो गलत थियो भनेर स्वीकार गर्नुपर्छ

अन्तरिम संविधान सिद्धान्तत: मरिसकेको कुनै पनि वैधानिक बाटो नरहेकोहुनाले १२ बुँदे दिल्ली मार्गचित्रमा हिँडेकाहरु २०४७ सालको संविधानमा फर्कनु पर्छ र २०४७ को संविधानमा टेकेर अगाडिको मार्ग पहिल्याउनु पर्छ

यसो गर्दा सबै पक्षलाई एकजुट पारेर मुलुकको हितमा अघि बढ् सजिलो हुन्छ राष्ट्रमा आन्तरिकका साथै वाह्य शक्तिहरुले पनि विश्वास गर्न सक्ने प्रणाली स्थापित हुनेछ अहिले आ-आफ्नै स्वार्थपूर्तिका लागि नेपालमा क्षद् युद्ध गरिराखेका भारत, चीन, अमेरिका लगायतलाई विश्वस्त तुल्याएर शक्ति संघर्षबाट पर्ने जोखिम कम गर्न सकिन्छ

मुलुकको वर्तमान संवैधानिक शून्यताबाट पार पाउने उपयुक्त र दीगो उपायबारे विस्तृत विश्लेषण सुन्न वा डाउनलोड गर्न तलको लिङ्कमा क्लिक गर्नुस् । उज्यालो ९० नेटवर्कमा श्रावण २८ गते प्रत्यक्ष प्रशारित यो अन्तर्वार्ता एम पी थ्री मा ४२ मिनेटको छ ।


No comments:

Post a Comment