Aug 1, 2012

राष्ट्र असफल होला तर ज्ञानेन्द्र फर्कन सक्दैनन् : प्रचण्ड


घटना र बिचार साप्ताहिक

० नेपालमा राजसंस्था फर्किएला ?
राजसंस्था त कुनै पनि हालतमा नेपालमा फर्किंदैन । कसैले त्यस्तो सोचेको छ भने त्यो दिवास्वप्न मात्रै हो ।
० दलहरूले काम गर्न सकेनन् भने नि ?
दलहरूले काम गर्न सकेनन् भने नेपाल राष्ट्र असफल हुनेवाला छ तर राजसंस्थाचाहिँ फर्केर आउनेवाला छैन । राजा आउन मात्रै खोजे भने पनि त्यो नागार्जुनसमेत नरहने अवस्था आउँछ । नेपाली जनताले राजसंस्था फर्काएर स्थिरता हुन्छ भन्ने कल्पना गर्नै सक्दैनन् । त्यो असम्भव कुरा हो । यदि राजनीतिक दलहरूले अहिले निकास दिन सकेनन् भने बरु राष्ट्र असफल हुन सक्छ तर ज्ञानेन्द्र फर्किन सक्दैनन् । उनले दुस्साहस गरे अहिलेको हैसियत पनि सकिन्छ ।

(टिप्पणी : घटना र बिचार साप्ताहिकमा प्रकाशित माओवादी अध्यक्षको यो भनाइप्रति 'राष्ट्र मरे मरोस्, मैले विदेशीको स्वार्थ पूरा गर्न र मुलुक लुट्न र जनता मार्न पाउनु पर्छ' भन्ने बाहेक कस्तो र के टिप्पणी गर्नु उपयुक्त होला ?)

प्रचण्डको अन्तर्वार्ता पूर्ण पाठका लागि लिङ्क :

No comments:

Post a Comment